धरान । यात्रुबहाक बस सप्तकोशी नदीमा खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
उनका अनुसार यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ । ‘अहिले सम्म २० जना यात्रुको उद्धार गरिएको जनाइएको छ।अन्य विववरण आउन बाँकी रहेको जनाइएको छ । प्रजिअ तिवारीले भने ,प्रत्यक्षदर्शीका अनुसार विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको हुनसक्छ । साँझ ६ः०५ बजेतिर बस खसेको अनुमान छ ।
कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।