उप निर्वाचन: १८ वर्षकाले भोट हाल्न पाउने

  • असोज ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

काठमाडौं/ आगामी मंसिर १६ गते तय भएको स्थानीय तहको उपनिर्वाचनमा मंसिर १५ सम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने भएका छन् ।

आयोगको बुधबार बसेको बैठकले २०८१ भदौ ३१ सम्म मतदाता नामावलीमा नाम दर्ता भएका र आगामी मंसिर १५ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने निर्णय गरेको हो ।

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि आगामी मंसिर १६ गते आइतबार उपनिर्वाचन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रियामा लिएर अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय भएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार भदौ ३१ सम्म देशभरबाट दर्ता भएका तथा मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लिइनेछ ।

अद्यावधिक कार्यक्रमअन्तर्गत संकलित मतदाताको विवरण असोज १८ मा आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ । असोज १८ देखि ३० गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिनसक्ने कार्यतालिका छ ।

असोज १८ देखि ३० सम्म कसैले झूटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिनेलगायतका कार्यहरु गर्नेगरी अयोगले कार्यक्रम निर्धारण गरेको छ ।

यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली आगामी कात्तिक २६ गते प्रकाशित हुनेछ ।मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आममतदाता तथा सबै सरोकारवालाको सहभागिता अनिवार्य रहेको भन्दै आगामी असोज १८ देखि ३० सम्मसम्म त्रुटि सच्याउन निवेदन दिनेलगायतका तोकिएका कार्यमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved