धरानका ठेकेदार गुण्डागर्दी शैलीले कर असुल्छन्,ताला बुझाउने व्यवसायीको चेतावनी

  • साउन ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा गुण्डागर्दी शैलीमा ठेकेदारले कर असुल्ने गरेको बताइएको छ । पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाइने गरेको धरानका व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले त्यस्ता ठेकेदारलाई कार्वाही गरिनुपर्ने माग गर्दै धरान उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् । दैनिक रूपमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा ए. वि. रात देऊ निर्माण सेवा राम धुनीले जबरजस्ती शुल्क उठाउने गरेको भन्दै उनीहरूले बन्द गर्न माग गरेका हुन् ।

ठेकेदार कम्पनीले जबरजस्ती करको नाममा उठाउँदै आएको शुल्क बन्द गर्न मेयर हर्कराज राई र उपमेयर अइन्द्र बिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको धरान वितरक सङ्घका अध्यक्ष तथा मदिरा व्यवसायी सङ्घ कोसी प्रदेश अध्यक्ष नवीन तामाङले जानकारी दिए ।

धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरी सामान डेलिभरी गर्न आवतजावत गर्ने क्रममा व्यवसायीलाई पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा दैनिक प्रति सवारी ७५ रुपैयाँ जबरजस्ती गुण्डागर्दी शैलीमा असुली गर्ने गरेको भन्दै व्यवसायीहरूले तत्काल खारेजीको माग गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा धरानमा रहेका सम्पूर्ण वितरक व्यवसायीहरूलाई एक फर्म एक ढुवानी सवारी साधन छुट गरेकोमा यो वर्ष उक्त सुविधा समेत हटाइएको दुखेसो गरेका छन् ।

वितरक व्यवसायी सङ्घहरूले व्यवसायीहरूलाई पलाइन हुन वाट रोक्न विशेष छुटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

वितरक व्यवसायीहरूले कानुन विपरित लगाइएका करहरू जबरजस्ती गुडा गर्दी शैलीमा असुली गर्ने भइरहेको कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था पुगेको भन्दै सबै व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी ताला–चाबी बुझाउन बाध्य हुने धरान वितरक सङ्घका अध्यक्ष तथा मदिरा व्यवसायी सङ्घ कोसी प्रदेश अध्यक्ष नवीन तामाङले बताए ।

‘उनीहरूका व्यवहार मर्यादित छैन साथै गुण्डागर्दी शैलीमा समेत असुली गर्ने गरेका छन’ तामाङले भने – व्यवसाय कर, बहाल कर, लगायतका सबै करहरू भुक्तानी गरेर व्यवसाय गर्दा समेत दैनिक रूपमा अमर्यादित, गुण्डागर्दी एवम् जबरजस्ती शैलीमा दैनिक रूपमा सवारी साधनबाट कर असुली गर्ने गरेका क्रियाकलाप प्रति हाम्रो आपत्ति हो ।’

उनीहरूले नेपाल सरकारले तोकेको मापदण्डभित्र रही स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारका सबै करहरू भुक्तानी गरेको दाबी गरेका छन् ।

व्यवसायी सङ्गठनले आफ्नो लगानीलाई जोखिममा राखी व्यवसाय सञ्चालन गर्दा समेत अमर्यादित तथा जबरजस्ती तरिकाले कर उठाएको आरोप लगाएका छन् ।

धरान वितरक सङ्घ, धरान मदिरा व्यवसायी सङ्घ, स्थानीय भवन निर्माण व्यवसायी सङ्घ, धरान हार्डवेयर व्यवसायी सङ्घ, सुनसरी मुद्रक व्यवसायी सङ्घ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ लगायत ६ व्यावसायिक सङ्गठनले पुर्वाधार सडक उपभोग सेवा शुल्कका नाममा कर उठाउन तुरुन्तै बन्द गर्न ध्यानाकर्षण गराएको धरान वितरक सङ्घका महासचिव तथा वितरक सङ्घ कोशीका सदस्य राम श्रेष्ठले ले जानकारी दिए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved