कोशीमा बजेट खर्च निरन्तर ओरालो सुमन पुरी

  • साउन २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशमा बजेट खर्च निरन्तर घट्दै गएको छ । पछिल्ला ३ वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कोशीमा गत आर्थिक वर्षको भन्दा ७.८ प्रतिशतले बजेट खर्चमा कमी आएको हो । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा २८ अर्ब ३६ करोड ७८ लाख रूपैयाँ बजेट खर्च गरेको जनाएको छ ।जसमध्ये चालू खर्च ८ अर्ब ३६ करोड ८ लाख रूपैयाँ र पुँजीगततर्फ १६ अर्ब ३६ करोड ६ लाख छ ।

स्थानीय सरकार अनुदानतर्फ ३ अर्ब ६४ करोड ६४ लाख खर्च गरेको छ ।आर्थिक वर्ष ७९/८० मा ३० अर्ब ७५ करोड ७७ लाख बजेट खर्च भएको थियो । जसमध्ये चालूतर्फ ९ अर्ब ९ करोड ८३ लाख र १८ अर्ब ११ करोड २५ लाख पुँजीगत खर्च छ ।

यो आर्थिक वर्षमा ३ अर्ब ५४ करोड ६९ लाख रूपैयाँ स्थानीय तह अनुदानतर्फ खर्च भएको थियो ।आर्थिक वर्ष २०७८/७९ मा भने २९ अर्ब ९६ करोड ६४ लाख रूपैयाँ खर्च गरेको थियो । यो खर्च कुल बजेटको ८६.२ प्रतिशत खर्च हो । ७९/८० र ८०/८१ मा ७७ प्रतिशत बजेट खर्च भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले सरकार परिवर्तनका कारण पनि बजेट खर्च घटेको बताए ।‘कहिले कुन सरकार कहिले कुन ? सरकारमा भइरहने फेरबदलले पनि प्रदेश सरकारले बजेट खर्च कम गरेको हो । सरकार फेरबदल भइरहे पनि बजेट खर्च सन्तोषजनक छ’, उनले भने ।

रोकिएन असारे विकास

प्रदेश सरकार स्थापनासँगै हरेक मुख्यमन्त्रीले असारे विकास रोक्ने प्रतिवद्धता जनाउँदै आएका छन् ।

असारमा गरिने खर्चले उपलब्धि कम हुने आलोचनाका बीच योपटक पनि पुरानै रोग दोहोरिएको छ । यो वर्ष पनि जेठ र असारमा अधिकतम खर्च भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

प्रदेशमा योपटक सबैभन्दा बढी असारमा खर्च भएको छ । असारमा मात्रै सरकारले चालू र पुँजीगत दुवै गरेर ८ अर्ब १९ करोड खर्च गरेको छ । जेठमा ४ अर्ब २९ करोड रूपैयाँ खर्च भएको छ ।

असारमा पुँजीगततर्फ मात्रै ६ अर्ब २९ करोड १७ लाख रूपैयाँ बजेट खर्च भएको देखिएको छ । राजस्व संकलगनलगायतले पनि असारे खर्च रोक्न नसकिएको मन्त्री राना स्वीकार्छन् ।

आन्तरिक राजश्व बढ्यो, अनुदान घट्दो

कोशी प्रदेशमा यो वर्षको आन्तरिक राजश्व संकलन भने गत वर्षको तुलनामा बढेको छ ।

आर्थिक वर्ष २०७९/८० मा आन्तरिक आम्दानी लक्ष्यको ७६.६ प्रतिशत प्राप्ति भएकोमा यो वर्ष ९१ प्रतिशत भएको हो । यो वर्ष वार्षिक लक्ष्यको ९१ प्रतिशत राजश्व संकलन गरेको जनाइएको छ । २०८०/८१ मा ४ अर्ब ५७ करोड ७८ लाख आन्तरिक राजश्व उठाउने लक्ष्य राखेकोमा ४ अर्ब १६ करोड ५४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।७९/८० मा ३ अर्ब ८१ करोड ६३ लाख संकलन गरिएको थियो ।

त्यो वर्ष ४ अर्ब ९८ लाख आन्तरिक राजश्व संकलन गर्ने अनुमान थियो । अघिल्लो वर्ष अनुमानको राजश्व र अनुदानमा पनि घटेको छ । यो वर्ष कोशीमा राजश्व र अनुदानमा ३.७ प्रतिशतले कमी आएको छ ।

प्रदेशले संघीय राजश्व बाँडफाँटबाट भने १० अर्ब ९ लाख रूपैयाँ प्राप्त गरेको छ । जुन अनुमानको ८५ प्रतिशतमात्रै हो । उक्त शीर्षकमा ११ अर्ब ६४ करोड ८१ लाख प्राप्न गर्ने अनुमान थियो । मन्त्रालयका अनुसार यो वर्ष वित्तीय समानीकरण अनुदानमा २५.२ प्रतिशत कटौती भएको छ ।

प्रदेश सरकारले संघ वित्तीय समानीकरण अनुदान ८ अर्ब ७८ करोड ३८ लाख रूपैयाँ अनुमान गरेकोमा ६ अर्ब ५० करोड ९७ लाखमात्रै पठाएको छ । संघीय सरकारले २ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कटौती गरेको छ ।

संघीय अनुदान र राजश्व संकलन मार्फत आर्थिक वर्ष २०८०/८१ मा कोशी सरकारले २७ अर्ब ७० करोड ७ लाख रूपैयाँ आम्दानी गरेको छ । यो रकम वार्षिक अनुमानको ८५.२ प्रतिशत हो ।

स्थानीय सरकारको सह्र ...

धरान/ स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । ...

कोशीमा एमालेले मतदात ...

धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० ...

अखिल क्रान्तिकारी सु ...

धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको ...

हलुवाई धरानमा बाबुला ...

सन्तोष गुप्ताबराहक्षेत्र/ हलुवाई सेवा समिती धरान न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved