श्रीलङ्का टप्पुमा बर्खे मकै लोप, बिचौलिया व्यापारीबाट आजित

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मुख्य सिजनका रुपमा सुनसरीको बराहक्षेत्र ६ र ९ श्रीलङ्का टप्पुका किसानले बर्खामा लगाउँदै आएको मकै बाली लोप हुँदै गएको छ ।

वराहक्षेत्र नगरपालिका ६ का २ सय घरधुरी र ९ नम्बर वडाका ७ सय घरधुरीले गर्दै आएको परम्परागत बर्खे मकै बालीमा किसानको आकर्षण घट्दै गएको छ ।

“अहिले लगभग ५ प्रतिशत जति किसानले मात्रै बर्खे मकै खेती गर्छन्, पहिले प्राय सबै किसानले मकै नै लगाउँथे,’ स्थानीय युवा कृषक सन्तोष चन्द्रवंशीले भने, “बर्खामा मकै लगाउने कृषकले पानी नजम्ने डाँडा परेको ठाउँमा खोर्सानी, बोडी, भिन्डी र पर्बललगायतका नगदे बाली लगाउने गरेका छन् ।

बर्खे मकैका ठाउँमा किसानले धान खेती गर्न थालेका उहाँको भनाइ छ ।

धानभन्दा मकै नै आम्दानीको स्रोत भए पनि कृषकले बर्खामा मकैका लागि अनुदान नपाउने भएकाले मकै बाली लगाउन छाडेको कृषक चन्द्रवंशी बताउँछन् ।

“बर्खामा स्थानीय सरकारमा अनुदान लिन ढिला हुने र हिउँदको तुलनामा बर्खामा उत्पादनसमेत कम हुन थालेपछि मकै बाली लगाउन छोडिएको हो,“ कृषक चन्द्रवंशीले भन्नुभयो, “बर्खे मकै भन्दा धान खेतिबाट आर्थिक आम्दानी कम भए पनि वर्षभरि खान पुगिहाल्छ र गाईवस्तुलाई पराल पनि हुन्छ, त्यसैले पनि बर्खामा मकैमा आकर्षण घटेको हो ।

“ कृषक चन्द्रवंशीका अनुसार बर्खे मकै बालीलाई धानखेतीले विस्थापन गरेको छ ।

बर्षमा २ पटक मकै लगाइन्छ जहाँ बर्खामा किसानले मकै बाली नगरे पनि हिउँद महिनामा श्रीलङ्का टप्पुका किसानले मकै बालीबाट मनग्गे आम्दानी गर्ने गरेका छन् ।

श्रीलङ्का टप्पुको चिलैया र गरैयामा मकै बालीबाट मात्रै एक सिजनमा ५० हजारदेखि १५ लाख रुपैयाँँसम्म आम्दानी गर्ने किसान रहेको कृषक बद्री राईको भनाई छ ।

हिउँदमा एक बिघामा १६ केजी मकैको बीउ लगाउँदा १ सय क्विन्टलसम्म उत्पादन लिन सकिने उहाँ बताउनुहुन्छ । “बर्खे मकै पाक्न लाग्यो तर उत्पादन न्यून छ ।“ कृषक राईले भने, “बर्खाको तुलनामा हिउँदमा बढी उत्पादन लिन सकिन्छ ।“

टप्पुका किसान विष्णु चन्द्रवंशीले गत हिउँदमा मकै बालीबाट वार्षिक ७ लाख आम्दानी गरेको बताउँछन । उनले औसत प्रतिकेजी ३५ रुपैयाँका दरले मकै बिक्री गर्दै आएका छन् ।

हिउद महिनामा मकै राम्रो उत्पादन गरेर विक्रि पनि गर्दै आएको किसान विष्णु चन्द्रवंशील बताउछँन ।

बर्खे मकै उत्पादन नभए पनि हिउदमा मनग्य उत्पादन हुन्छ हिउँदमा बिक्री गरेको मकैको मूल्य भुक्तानी पाएको छैन ।गाउँमै आएका व्यापारीलाई बिक्री गरेको मकै अझै रु.३ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ ।

व्यापारीले एकमुष्ट उत्पादन उठाएपछि केही समयलाई बाँकी कारोबार गर्न बाध्य भएको उनले रकम उठाउन समस्या परेको गुनासो गरे । बिचौलिया व्यापारीले कृषकको उत्पादनको रकम रोकिदिने समस्या रहेको किसान सन्तोष चन्द्रवंशीको समेत भनाई छ ।

स्थानीय सरकारले उत्पादनको न्युनत्तम समर्थन मूल्य तोकेर खरिद गर्ने वातावरण तयार गरिदिए कृषकको लगानी र उत्पादनको मूल्य सुरक्षित हुने बताए ।

मकै बालीबाट हिउँदमा सुनसरीको बराहक्षेत्र ६ र ९ श्रीलङ्का टप्पुका किसानले वार्षिक १ करोड रुपैयाँँ भन्दा बढीको आम्दानी गर्ने गरेको कृषक चन्द्रवंशीले बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved