कोशीमा सरकार गठन गर्न काँग्रेस अझै अलमलमा "चार मन्त्रालय काँग्रेसमा रहने सहमित"

  • साउन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा एमालेका अध्यक्ष केपी शमौ ओलीले माओबादी अध्यक्ष पुष्पकमल दाहालसँगको सत्ता परिवर्तन गरी काँग्रेससँग सरकारको गठवन्धन गरि ओली स्वयम् प्रधानमन्त्री बनेपछि कोशी प्रदेशमा पनि त्यसको असर प¥यो ।

केन्द्रमा सरकार परिवर्तन भएसँगै कोशीमा हिक्मत कार्की नेतृत्वको सरकारमा रहेको माओबादी पार्टीका मन्त्रीहरुले राजीनामा दिए । त्यसपछि नेपाली काँग्रेसलाई मुख्यमन्त्री कार्कीले केन्द्रिय सरकारको समीकरण अनुसार सरकार बनाउनु पर्ने हो ।

तर नेपाली कांग्रेसलाई सरकारमा ल्याउन पहल अगाडि बढाइरहेको भए पनि अझै कांग्रेस अलमलमै देखिएको छ ।विशेष गरी कांग्रेसभित्रकै आन्तरिक विवादका कारण कोशी प्रदेश सरकार विस्तारमा बिलम्ब भइरहेको जनाइएको छ ।

तर प्रदेशदेखि केन्द्रसम्मको लगातारको संवाद र छलफलपछि विस्तारै सरकार विस्तारको वातावरण बन्दै गएको नेताहरु बताउँछन् ।

कोशी प्रदेशका संसदीय समितिको नेतृत्व भागबण्डामा प्रदेशसभाका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेको बताइएको छ । दुई दलको सहमति अनुसार संसदीय समितिमा राप्रपाले पनि भाग पाउने भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार आइतबारको छलफलमा नेकपा एमालेले तीन र नेपाली कांग्रेसले दुई वटा समिति सभापति पाउने सहमति भएको छ । सातमध्ये एउटा सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाउनेछ ।

एउटा संसदीय समिति सभापति राप्रपालाई छुट्याइएको छ ।नेकपा एमालेसँग भागबण्डा छलफलमा कांग्रेसले चार मन्त्री, दुई राज्यमन्त्री र तीन संसदीय समिति सभापति दाबी गरेको थियो । १२ साउनमा चार मन्त्रालय लिने टुङ्गो लागेको थियो ।

कांग्रेसले दुई राज्यमन्त्रीमा दाबी गरेको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मात्रै लिन आग्रह गरेका थिए ।

आइतबार दुई राज्यमन्त्री दिने सहमति गरेका कार्कीले एउटा संसदीय समिति राप्रपालाई दिन प्रस्ताव गर्दा कांग्रेसले सहमति जनाएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

कोशी प्रदेशसभामा न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन, तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले संसदीय समितिको सभापतिमा मोटामोटी सहमति भएको प्रतिक्रिया दिए ।

चार मन्त्रालय काँग्रेसमा रहने सहमित

चार मन्त्रालयमा कांग्रेसले लिने सहमती आइतबारको छलफलपछि कांग्रेसले यसअघि माओवादीले छाडेका तीनसहित चार वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ ।

माओवादी केन्द्रले छाडेको भौतिक पूर्वाधार, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालयसहित कृषि सहकारी र सामाजिक विकासमध्ये एउटा मन्त्रालय लिन मुख्यमन्त्रीले प्रस्ताव गरेका थिए ।

सामाजिक विकास मन्त्रालय बाहेक अन्य चार वटा मन्त्रालय मन्त्रीविहीन छ ।सामाजिक विकास मन्त्रालय दाबी गर्दा मन्त्रीलाई राजीनामा गराउने मुख्यमन्त्रीको तयारी थियो । तर कांग्रेसले खाली रहेका चार वटा मन्त्रालय लिने सहमति गरेको छ ।

‘सरकारमा जाँदा खाली रहेका मन्त्रालय लिने सहमति भएको छ, तर मन्त्रीको विषयमा छलफल जारी छ’, प्रमुख सचेतक तामाङले भने, ‘केन्द्रबाट नाम आएपछि सरकारमा सहभागी हुन्छौं ।’

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved