पूर्वमुख्यमन्त्री कार्कीको अनशन बस्ने चेतावनी

  • साउन १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनसन वस्ने चेतावानी दिएका छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दे पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरू जनताको पक्षमा रहेको र ती योजना कटौती भएकाले जनताको पक्षमा लोकतान्त्रिक विधि अनुसार सङ्घर्ष गर्ने बताए ।

उनले आफू नेतृत्वको सरकारले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको योजना काटिएकोमा रोष प्रकट गरे ।

यस्तै जसको जङ्गल उसको मङ्गल जनवार मैत्री जङ्गल, महिला स्वास्थ्य सेवीकालाई प्रोत्साहन कार्यक्रम, केशलीया कोरिडोर निर्माणको योजना यो सरकारले काटेको भन्दै आफू जस्तो सुकै सङ्घर्षमा उत्रने बताए ।

कस्तो सङ्घर्ष भन्ने पत्रकारको जिज्ञासामा उनले अनसन सम्मको पनि हुन सक्ने बताए ।

पूर्व मुख्यमन्त्री कार्कीले आफै नेतृत्वको सरकारले शैले जा आचार्य ह्दय रोग केन्द्र सञ्चालन, विभिन्न विद्यार्थीलाई छात्रावृती, सुकुम्वासीलाई जग्गा खरिद अनुदान कार्यक्रम यो सरकारले निरन्तरता गर्नु पर्ने बताए ।

उनले यो सरकारले ल्याएको बजेट सेटिङ्गका आधारमा ल्याएको आरोप लगाए ।

पूर्व मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा काङ्ग्रेस पनि छ उसैको विरुद्धमा सङ्घर्षमा उत्रने भन्ने जिज्ञासा आफू जनताको पक्षमा सङ्घर्षमा उत्रने बताए

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved