‘बर एण्ड बधु’ को ‘तिमी सँग’ सार्वजनिक

  • साउन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/नेपाली चलचित्रको जगतका लागि ‘बर एण्ड बधु’ नेपाली कथानक चलिचत्र दर्शक माझ आउने भएको छ ।

यही भदौ १४ गते उक्त चलचित्र प्रदर्शनमा आउने तयारी भइरहँदा उक्त चलिचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ ।

लेखु सहयात्रीको शब्द, अर्जुन पोखरेलको संगीत, प्रताप दास र अन्जु पन्तको आवाज रहेको ‘तिमी सँग’ बोलको गीत आइतबार ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो स।  

गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोमनियाको बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको ‘बर ७ बधु’ को यो गीत पनि रोमनियामा गरिएको छ ।

रिलिज भिडियोमा आचल शर्मा र बिबेक कर्माचार्यको जोडी गज्जब देखिन्छ । गीतमा उनीहरुको केमेस्ट्री मिलेको छ,रोमान्टिक हुँदै गीतको अन्तिममा देखाएको दृश्यले सिनेमा कस्तो बनेको होला भन्ने कौतुहलता जगाउँछ ।

एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको ‘बर एण्ड बधु’ मा प्रदीप भारद्वाजको कथा , सफल निर्देशक मिलन चाम्सले निर्देशन रहेको छ ।

चलचित्रको निर्माता जानुमा थापा र कार्यकारी निर्माता अमित रिजाल हुन ।

नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रलाई रबिन्द्र न्यौपाने र अनिश स्याङ्देनले खिचेका हुन भने डिओपी सुदीप बराल हुन्।

नायक विवेक कर्माचार्यको डेव्यू

भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ।

गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ।

 

 

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved