काठमाण्डौ महानगर र मजदुरहरुबीच छलफल कार्यदलले तयार गरेको मापदण्ड कार्यान्वयन गर्ने सहति

  • साउन २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/  काठमाण्डौं महानगरपालिका यातायात व्यवसायी महासंघ र तीनवटा यातायात मजदुर संगठनहरुबीच काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टरहरु व्यवस्थान गर्ने बारे सहमति भएपछि विभिन्न स्थानमा देखिएको झडपको सम्भावना तत्काललाई टरेकोछ ।

साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै महानगरले कोटेश्वर, कलंकी, गौशाला लगायतका चोकहरुमा माइकिङ्ग गरेर महानगर प्रहरीहरु काउन्टरमा पुगेपछि महानगर प्रहरी र यातायात मजदुरहरुबीच द्धन्द्धको अवस्था आएको थियो ।
झडपको अवस्था सृजना भएपछि तत्काल टिकट काउन्टर नहटाउन भन्दै सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ती जारी गरेको थियो ।

मंगलबार बिहान गौशाला र कोटेश्वरमा महानगर प्रहरी र मजदुरहरुबीच विवाद भएको थियो । विवाद चर्किएर आन्दोलन हुने अवस्था आएपछि मंगलबार अपरान्ह महानगरले छलफलमा बोलाएको थियो ।

महानगरसंगको छलफलमा काठमाण्डौं महानगरको नेतृत्वमा संगठनहरु सम्मिलित कार्यदलले गत वर्ष तयार गरेको मापदण्ड मध्ये टिकट काउन्टर कोठाको आकारलाई व्यवहारिक कायम गर्दै उक्त मापदण्डलाई नै प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएकोछ ।

साउन २० गतेसम्म मापदण्ड अनुसार चक्रपथ आसपासका सबै बुकिङ्ग कार्यालय व्यवस्थित गरिसक्ने, साउन १० गतेदेखि बुकिङ्ग कार्यालयहरुको अनुगमन र मापदण्डबारे सचेत गराउनका लागि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको संयोजकत्वमा हासंघका अध्यक्ष र तीनवटै संगठनका अध्यक्षहरु रहेको उच्च स्तरिय कार्यदल गठन भएकोछ ।

त्यस्तै सहमतिमा मापदण्डलाई सबैपक्षले इमान्दार कार्यान्वयन गर्न प्रतिबद्ध जनाउने र मापदण्ड पालना नगर्ने कम्पनीहरुलाई साउन २१ गतेदेखि नियमानुसार गर्ने सहमति भएकोछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको समन्वयमा भएको छलफलमा काठमाण्डौं महानगरका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी र नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी लगायतका नेतृत्वको उपस्थिति रहेको थियो ।

महानगरले सरोकारवालासंग समन्वय नगरी असार २७ गते मिडियाबाजी गर्दै माइकिङ्ग गरि काउन्टरहरु हटाउन भनेपछि संगठनहरु रुष्ट बनेको थियो । संगठनहरुले जवरजस्ती गरिए तीनवटै ट्रेड युनियनहरुको अगुवाईमा आन्दोलन हुने चेतावनी दिइएको थियो ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved