फाकफोकथुममा ६ वटा सिँचाइ आयोजना निर्माण

  • असार ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् ।
चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् ।

फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ ।

वडा नं १ स्थित धलपुजे टारीटोलमा रु ६६ लाख ७० हजार दुई सय ७२ को लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धुलपुजे टारी सिँचाइ कुलो र वडा नं २ स्थित राईगाउँमा रु ९९ लाख ४४ हजार छ सय ८६ लागतमा ६५ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी राईकुलो सिँचाइ निर्माण भएको छ ।

वडा नं ३ स्थित पिपलडाँडा सल्लेरी गाउँमा रु ६० लाख ८१ हजार चार १६ को लागतमा एक सय ६३ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धनसार पिपलडाँडा सल्लेरी सिँचाइ कुलो र वडा नं ४ स्थित गुरुङगाउँमा रु ५४ लाख २८ हजार नौ सय २० को लागतमा ३९ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी गुरुङखोला सिँचाइ कुलो निर्माण भएको छ ।

यसैगरी, वडा नं ५ स्थित फुङगाउँमा रु ३९ लाख १४ हजार ३७ को लागतमा ३१ परिवार लाभान्वित हुनेगरी फुङखोला कुलो र वडा नं ७ स्थित तिवागाउँमा रु ९९ लाख ४३ हजार ९८ को लागतमा एक सय २७ परिवारको खेत सिँचाइ गर्नेगरी तिवाखोला ठाडे सिँचाइ कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए ।

आयोजना सम्पन्न भएपछि फाकफोकथुमका छवटा वडाका खेतबारीमा बाह्रैमास पानी पुग्नेछ । आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास उनले व्यक्त गरे ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीय पञ्च योङहाङको अपेक्षा छ ।

फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, बन्दकोबी, सिमीको व्यावसायिक खेती हुँदै आएको छ ।

आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय र प्रदेश सरकार तथा फाकफोकथुम गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी छ ।

युवालाई कृषि क्षेत्रमा आकर्षित गरी उत्पादकत्व वृद्धि गर्ने र कृषिको व्यावसायिकीकरणबाट आयआर्जन गर्ने लक्ष्यका साथ साना सिँचाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved