इनरुवाको ९ नम्बर वडामा सार्वजनिक सुनुवाइ सम्पन्न " चन्दन रौनियार"

  • जेठ ३२, २०८१
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर: चन्दन रौनियार

सुनसरी/ इनरुवाको ९ नम्बर वडाले सार्वजनिक सुनुवाइ गरेको छ । बिहिबार बबियाको भगवती मन्दिरस्थित सभा हलमा चालु आर्थिक वर्षको योजना तथा भावी योजना छनौट सहितको सार्वजनिक सुनुवाइ तथा योजना छनौट कार्यक्रम सम्पन्न गरेको हो ।

इनरुवा नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष वसिरमुदिन मन्सुरीको अध्यक्षतामा तथा नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सचिव मुना बरालले योजनाहरुको विवरण सहितको प्रतिवेदन पेश गरेकी थिइन् ।

प्रतिवेदनमा उल्लेखित चालू आर्थिक वर्षमा वडा तथा नगरले संचालन गरेका विकास आयोजनाहरु माथि स्थानीयहरुले आफ्नो धारणा तथा प्रश्नहरु सहित जबाफ माग गरेका थिए ।

स्थानीय वडावाशीहरुले उठाएका विषयहरुलाई वडा अध्यक्ष मन्सुरीले स्पष्ट पारेका थिए ।

उनले स्थानीय वडावाशीहरुले उठाएका प्रश्नको जबाफ दिदै वडा कार्यलय पारदर्शिता सहितको सुशासन तथा विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए ।

उनले कठिन परिस्थितिका विचमा पनि वडाको विकासमा आफू अहोरात्र खटिरहेको बताए । अझै धेरै काम गर्ने हुटहुटी हुँदाहुँदै पनि बजेटको अपर्याप्तताले चाहेको काम गर्न समेत नसकिराखेको बताए ।

वडामा आएका बजेटको कहि कतै अनियमितता नभएको र हुन समेत नदिने स्पष्ट बनाउदै कतिपयले वडाको बजेटले गरेको काम समेत अन्य निकायले गरेको भन्दै भ्रम छर्ने गरेको बताए । उनले वडाले भनेको भन्दा बाहिर भएको भए या आफूले अनियमितता गरेको यदि कसैले प्रमाणीत गर्न सके आफू पदबाट राजिनामा दिन तयार रहेको बताए । जनताबाट टाढा रहेर वडाका कुनै योजना संचालन नहुने उनले स्पष्ट पारे ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले बबिया क्षेत्रलाई आफूले प्राथमिकतामा राखेको बताए । समग्र ९ नम्बर वडाको विकासमा नगरले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले बाहिर हल्ला गर्नेहरुले वडाभित्र केही भएको छैन भन्ने जस्तो हल्ला गर्दै आएता पनि त्यसमा सत्यता नभएको बताउँदै यहाँ धेरै स्तरीय विकास निर्माणका काम भएको बताए । जनताले व्यक्त गरेका भनाइले पनि वडाभित्र असंख्य काम भएको पुष्टि गरेको बताए ।

उनले बिरोधको लागि बिरोध गर्ने भन्दा पनि रचनात्मक साथ र सहयोग गर्न जनतालाई आव्हान गरे ।

साथै आगमी आर्थिक वर्षमा एउटा ठूलो योजना कहाँ सन्चालन गर्ने तयारी गरेर आए आफू त्यसलाई कार्यान्वयन गर्न सकारात्मक रहने बताए ।

कार्यक्रममा जनतासँग आगामी आर्थिक वर्षको लागि आवश्यक योजना छनौटका लागि योजना माग गरिएको थियो । जनताद्वारा लिखित रुपमा उपलब्ध गराइएका योजनालाई आधार बनाइ आगामी योजना तर्जुमा गरिने वडा अध्यक्ष मन्सुरीले बताए ।inar

वडा सदस्य मनोज कुमार यादवले वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइले वडाका जनप्रतिनिधिलाई जनताहरुप्रति जबाफदेही बनाउने साथै जनताहरुले पनि विकास निर्माणका आयोजनाहरुमा स्वामित्व ग्रहण गरि अपनत्ववोध गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रमको संयोजन न्यूज ट्रयाक साप्ताहिले गरेको थियो भने कार्यक्रमको संचालन न्यूज ट्रयाक साप्ताहिकका प्रधान सम्पादक प्रकाशक महेश गुरागाईले गरेका थिए ।

न्यूज ट्रयाकका संवाददाता चन्दन कुमार रौनियारले सार्वजनिक सुनुवाइभन्दा अगाडी जनताकोमा पुगेर नागरिक सर्वेक्षण समेत गरिएको जानकारी दिए ।

९ नम्बर वडाका स्थानीय वडावाशीको उल्लेख्य उपस्थित रहेको कार्यक्रममा स्वागत मनतव्य देवकी नेपाल गुरागाईले गरेकी थिइन् ।

कार्यक्रममा नगर उप प्रमुख बिनिता मेहता, कार्यपालिका सदस्य, स्थानीय, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।ina

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved