नेपाल आज हङकङसँग भिड्दै, सुपर थ्री पुग्ने लक्ष्य

  • वैशाख ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज हङकङसँग खेल्नेछ। समूह 'सी' मा रहेको नेपाल र हङकङबीचको खेल थाइल्यान्डको बैंककस्थित टेरथाई क्रिकेट ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुने तालिका छ।

डबल राउण्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेल वर्षाका कारण टस हुनुअघि नै रद्द भएको थियो। त्यसपछि नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ।

हङकङको दुवै खेल वर्षाले प्रभावित बनाएको छ। सोमबार बहराइनविरुद्धको खेलमा पनि हङकङले बलिङ सुरु गर्न नपाउँदै वर्षाले खेल अवरुद्ध भयो। बहराइनले ४ ओभरमा १५ रन बनाइसकेको अवस्थामा खेल रोकिएको थियो।

आजको खेल नेपालका लागि निकै महत्त्वपूर्ण छ। यदि नेपालले हङकङलाई पराजित गर्न सफल भयो भने एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा प्रवेश गर्नेछ।

यस छनोट प्रतियोगितामा ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछ। सुपर थ्रीमा पुगेका तीन टोलीले एक–आपसमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट शीर्ष दुई टोलीले आगामी वर्ष हुने आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved