पत्रकार महासङ्घ सुनसरीमा तालाबन्दी

  • जेठ १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान –१३ स्थित अमरसेवा समाजसंगै रहेको नेपाल पत्रकार महासङ्घ सुनसरीको कार्यालयमा वुधबार तालावन्दी गरिएको छ ।

मुख्यगरि सदस्यता विवादले गर्दा सुनसरीमा विवाद हुँदै आएको छ ।प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले तालावन्दी गरेको हो ।

महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनले लगाउँदै तालावन्दी गरेको सचिव कार्कीले वताए ।

उनका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस नै नभएका नाम थप्ने काम भएकोले उतm कार्यको घोर भत्र्सना गर्र्दै विरोध स्वरुप तालावन्दी गरिएको जनाइएको छ ।

पत्रकार महासङ्घको विधान अनुसार सुनसरी जिल्ला शाखाले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै प्रक्रिया विधान मिचेर जारी गरिएको सूची प्रेस युनियन सुनसरीको आरोप छ ।

उक्त सदस्यताको सूचि सुनसरी जिल्ला शाखाले सिफारिस गरी पठाए अनुसार सुधार नभए सम्म सङ्गठनको विरोध जारी रहने युनियन जिल्ला कोषाध्यक्ष मात्रिका प्रसाद नेपालले बताएका छन् ।

उनले भने,‘‘नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाद्वारा सिफारिस गरिएको सदस्यहरू पुनःकायम नभएसम्मका लागि नेपाल पत्रकार महासङ्घ सुनसरी शाखामा तालाबन्दी गरिएको जानकारी गराउँदछौँ र तालाबन्दीबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति हुनेछ ।’

नेपाल पत्रकार महासंघको चुनाव नजिकिएसँगै देशैभर नै सदस्यता सुद्धिकरणको विषयले विवाद हुँदै आएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved