सुनसरी एमालेको आठौं अधिवेशन नेतृत्वको लागि आँकाक्षी धेरै, "सर्वसम्मत गर्ने संभावना"

  • जेठ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ८ औं जिल्लाअधिवेशनबाट नेतृत्व लिनको लागि नेताहरुको दौडधुप पनि बढेको छ । 

जेष्ठ ५, ६ र ७गते इटहरीमा हुने भएसँगै अधिवेशनमा नेतृत्वका लागिआकाँक्षीहरु नेताहरुको दौडधुप वढेको हो ।

जिल्लाअधिवेशनको चहलपहलसँगै आगामी कार्यकालकालागि नेतृत्व लिन नेताहरुले आकाक्षा देखाउँदैं आएका छन् ।

सुनसरीमा सहमतिमा नेतृत्व चयन गर्ने भनिएपनि निर्वाचनको सम्भवाना बढी भएको स्थानीय नेताहरु बताउँछन् । नेतृत्वलिन स्थानीय नेताहरु केन्द्रीय नेताको आर्शिवादका लागि धाउनसमेत सुरु गरि सकेका छन् ।

अध्यक्षका लागि हालउपाध्यक्ष रहनु भएका निलम खनाल नेतृत्वका लागि दावीगदैं आएका छन् ।

उपाध्यक्ष भएकाले आफु स्वतःदावेदार आफ्नो भएको खनालको भनाई छ । इनरुवाका पुराना नेता खेम पोखरेलले पनि नेतृत्वलिनको लागि अग्रसर वनेका छन् । उनको एमालेमा विवाद हुदाउहाँको अध्यक्षतामा ६ महिना कुसलतापूर्वक जिल्ला चलाएको अनुभव छ ।

२० बर्ष जिल्ला पार्टी कार्यलय सचिवभएर काम गरेकाले पार्टी, भूगोल बुझेको आफु भएकाले नेतृत्वका लागि केन्द्रसम्म कुरा राखेको पोखरेलले बताए।

सहमतिकाआधारमाअध्यक्षका लागि धरानका पुराना नेता मुरारी सुवेदीको चर्चा चले पनिउहाँ वडामा भएको प्रतिनीधि छनौट मै पराजितभए।

यस्तै अर्का नेतानन्द बस्नेतको पनि चर्चा हुदैं आएको छ । तर अध्यक्ष सहमतिभए आफु उपाध्यक्षमाजाने बताएका छन् ।

उनी ५५ सालमाbजिल्ला सदस्यमा मनोनितहुदैं उपसचिव, सचिव र एक कार्यकाल उपाध्यक्षभई कार्य गरेका छन् । इटहरी खानेपानी उपभोक्त्ता सस्थाका निर्वतमान अध्यक्ष राम प्रस्ताद चौलागाईको पनि चर्चा चल्दै आएको छ ।

उनलाई यस अघिका निर्वाचनमा नसमेटिएका कारण अध्यक्षमा लानु पर्ने एक थरी नेताको भनाई रहेको छ । निर्वाचन हुँदा खनाल र पोखरेल विचप्रतिस्पर्धा हुने एमाले वृतमा चर्चा छ ।

खनालको पक्षमा सहमतिहुने सम्भावना रहेको एमाले एक नेताले जानकारी दिए । उहाँ विरामी पनि हुनु भएकाले सान्तवनाका लागिअवसर दिनुपर्ने केही नेताहरुको भनाई छ ।यता उपाध्यक्षका लागि दक्षिणी क्षेत्रका पर्शूराम यादवको चर्चा छ ।

उनीहाल सचिवको जिम्मेवारीमा छन्। यस्तै धरानका मीन सुब्बाको पनि चर्चा चलेको छ । उनी सुनसरी क्षेत्र नं. १ को संयोजक हुन्।

यस्तै भरखरै खानेपानी उपभोत्ता संस्थााअध्यक्षमा निर्वाचित यम सुब्बाको पनि उपाध्यक्षमाचर्चा छ । 

उनीगएको स्थानीय तहको निर्वाचमा एमालेको तर्फबाट इटहरी उपामहानगरको मेयरमा टिकट पाए पनि पराजितभए।

सचिवपदकालागि धरानबाट अधिबक्ता समेत रहनु भएका पदमलिम्बु, हाल उपसचिव रहेका योग्यराज खड्का, देवानन्द मेहताले आकाँक्षा देखाएका छन्।

मेहता युवा संघबाट पार्टीमा आएकाहुन् । लिम्बु अघिल्लो निर्वाचनमा उपसचिवमा पराजित भएका थिए।

यस पटक सचिवमा जाने मनासाय भएको उनले बताए । यस्तै उपसचिवमा धरानका पुराना नेता राजमणी निरौला आकाँक्षा देखाएका छन् ।

१२ वटा पालिकाबाट ६सय ९५ जनाप्रतिनीधि छनौट भइसकेका छन् ।

जेठ ६ गतेको बन्द सत्रले १३५ सदस्यीयनयाँ कमिटी बन्ने छ ।

तीनदिन सम्म हुने अधिवेशनको उद्घाटनको लागि नेकपा ऐमालेका उपाध्यक्ष एवम् पुर्वप्रधानमन्त्री ईश्वर पोख्रेलले गर्ने तय भएको एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले बताएका छन् ।

आकाक्षीहरु धेरै देखिएपनि सर्वसम्वत नेतृत्व चयन गरिने नेकपा एमाले जिल्लाअध्यक्ष रेवतीरवण भण्डारीले बताए।

तर दुई वटा टिम बनाएर मैदानमा उत्रिने सम्भावना धेरै रहेको केही नेताहरु बताउँछन् ।

नेकपाएमाले केन्द्रीय सदस्य तथा सुनसरी सहइञ्चार्ज लक्ष्मीगौतमले जिल्ला अधिवेशनअनुसासित र मर्यादित वातावरणमा सम्पन्नहुने दावीगरिन् ।

केही पालिकाका वडामा प्रतिनीधि छनौटमा निर्वाचनभएपनि सबै प्रतिनीधि सर्वसम्मत छनौट भएकाले जिल्लाका नेतृत्वपनि सर्वसम्मतहुने संकेत गरेही छन् ।

उपाध्यक्ष खनालले सोमबार भएको पत्रकार सम्मेलनमा गुटउपगुट सुनसरी एमालेमा नभएको बताएका छन् ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved