बैशाख महिनाभित्र आगलागी र डढेलोबाट २६ जनाको मृत्यु

  • जेठ २, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ज्यानगुमाएका छन्।
वैशाखमाअधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर आगलागी र डढेलोका घटना बढेका हुन्। जसले गर्दा देशभर धनजनको क्षतिभएको छ।

यस महीनामामात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथाव्यवस्थापनप्राधिकरणले जनाएको छ। आगलागीमा परी २० जनाको ज्यानगएको छ भने ७३ जना घाइते भएका छन्।

त्यस्तै, डढेलोमा परी ६ जनाको ज्यानगएको छ भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताए। आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित छन्।

यस अवधिमा चट्याङबाट आठ जना, लेक लागेर दुई जना, बाढी र जनावरको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको छ।

वनतथा भू–संरक्षण विभागले दिएको जानकारी अनुसार वैशाखमायति धेरै डढेलोका घटना भएको यो पहिलो चोटि हो।

नेपालमाखासगरी माघदेखि जेठसम्म आगलागी र डढेलोका घटना हुने गरेका छन्।

नेपालमाविशेषगरी तराई र भित्रीमधेशकाजिल्लामा डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचनाकक्षकावनअधिकृत गोविन्दकुमार श्रेष्ठले बताए।

यस वर्ष हिउँदे वर्ष न्यूनभएका कारण पनि डढेलो धेरै देखिएको श्रेष्ठको भनाइ छ।डढेलो लाग्नुका कारणमध्ये स्थानीयले घाँसको मुनापलाउने आशमाजानीजानीआगो लगाउने गरेका छन्।

वनजंगलमामानिस वनभोज खानजाने र आगो त्यत्तिकै छोड्दा हुने आगलागीहुने गरेको छ।

त्यस्तै, बिंडी, चुरोटका ठूटाबाट समेत डढेलो सल्किने गरेको उनले बताए।

स्थानीयले कतिपय संरक्षित क्षेत्रमाप्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारणले पनि डढेलोका घटना बढेको पाइएको जनाइएको छ। –रासस

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved