मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

  • वैशाख २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दल नेता हिक्मत कार्की नियुक्त भएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार दिउँसो कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

आफूले मुख्यमन्त्री पदमा दाबी पेस गरेका कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुख खापुङ्गले जानकारी दिए।

‘उहाँलाई मुख्यमन्त्री नियुक्त गरेको छु, १५ मिनेटपछि नियुक्ति पत्र लिन आउनुहोला,’ उनले भने, ‘शपथ पनि आजै हुन्छ।’

कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको हस्ताक्षरसहित बिहीबार बिहान मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए।

कार्कीलाई मुख्यमन्त्री दाबी पेस गर्दा हस्ताक्षर गरेका ५२ सांसदलाई प्रदेश प्रमुख खापुङ्गले कार्यालय बोलाएर सनाखत गराएका थिए।

कोशीमा बहुमतका लागि ४७ सांसद भए पुग्थ्यो।

प्रदेश प्रमुख खापुङ्गले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गर्दै शुक्रबार अपराह्न ५ बजेसम्म समय दिएका थिए।

असंवैधानिक तरिकाबाट प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको भन्दै मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालतमा रिट लिएर गएका छन्।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved