दलित समुदायका पेशाकर्मीलाई औजार वितरण

  • वैशाख १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ ।

उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो ।

उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।

उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ ।

कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने बफ मेसिन, ५ जनालाई लुगा सिलाउने मेशिन र एक जनालाई आगो फुक्ने मेशिन प्रदान गरिएको उनले बताए ।

औजार सामग्रीहरु उपमहानगरपालिकाका मेयर हर्कराज राईले वितरण गरेका थिए ।

कार्यक्रममा मेयर राईले औजारले उत्पादन गर्ने र यसले देश बनाउने बताए । औजारको सही सदुपयोग गरेर आयआर्जनमा टेवा पुर्याउने विश्वास लिएको बताए ।

त्यसै गरि कार्यपालिका सदस्य गजमेरले पेशा गरिरहेका तर औजार खरिद गर्न नसक्दा आयआर्जनमा समेत समस्या भोग्दै आएका पेशाकर्मीहरुलाई औजार वितरण गरिएको बताए ।

वडाका दलित महिला सदस्यहरुले सिफारिस गरेका पेशाकर्मीहरुलाई औजार प्रदान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौला लगायत दलित महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved