कुम्भ मेलामा सर्वसाधारणको उल्लेख्य उपस्थिति

  • बैशाख १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ ।

नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् ।

त्यहाँ आएका भक्तजनहरुले ओझेलमा कुम्भ मेलाको आयोजनाले नेपालको हेतिहासिक धार्मिक क्षेत्रको उजागर गर्न सहयोग पुगेका बताएका छन् ।

उनीहरुले नेपालको ऐतिहासिक क्षेत्रको पहिचान उजगार गर्ने काम बालसन्तबाट भएकोले उहाँलाई त्यहाँ आउने भक्तजनहरुले धन्यवाद समेत दिएका छन् ।

उनीहरुले यसको निरन्तरतासँगै यो मेलाले हरिद्वार क्षेत्रलाई अझ उचाईमा पुर्‍याउने बताएका छन् । झापाबाट कुम्भ मेला भर्न आएका ६२ बर्षीय खड्ग उप्रेतिले बालसन्तको अभियान राष्ट्रवादी भएको बताएका छन् ।

परिवारसहित कुम्भ मेलामा सप्तरीबाट पुगेका महेश साहका परिवारले समेत कुम्भ मेलाको प्रशंसा गरेका छन् ।

वितगमा भारतमात्र हुदै आएको कुम्भ मेला बालसन्तले नेपालमा समेत शुरु गरेको बताउदै यो मेला उपलब्धीमुलक भएको साह बताउँछन् ।

कुम्भ मेलामा स्नान गर्नेहरु ज्येष्ठ नागरिकसँगै युवा पुस्ताको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यहाँ आएकाहरु उत्साहित देखिएका थिए । चतरामा पहिलो पटक कुम्भ मेलामा आएका डम्बरबहादुर कार्कीले उत्साहित भएर भजनमार्फत नै आफ्नो परिचय दिँदै कुम्भ मेलामा आउन पाउदा धन्य भएको बताउनु बताएका थिए ।

यता जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले आफूले कुम्भ मेलाको शुरुवात गरेको भन्दा पनि नेपाल आमालाई सम्झेर कुम्भ मेलामा लाखौ लाख भक्तजनहरु स्नान गर्न आएकोप्रति आफूलाई गर्भ लागेको बताए ।

उनले यहाँ आएर लाखौले कुम्भ स्नान गर्ने भएकोले यो मेलाले बराहक्षेत्रको चतरामात्र हैन कोशी प्रदेशका सबै ठाउँ चलायमान भएको बताए ।

चैत्र ३० गतेदेखि शुरु भएको १२ बर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलामा आएकाहरु पहिलो कुम्भ मेला, अर्ध कुम्भ मेलामा समेत आएका र दोस्रो महाकुम्भ मेलामा सहभागी भएकाहरु थिए भने कतिपय सर्वसाधारण कुम्भ भेलामा स्नान गरेर पुण्य कमाउन पहिलो पटक आएकाहरु समेत थिए ।

यहाँ आएका सर्वसाधारण स्नानपछि सप्तकोशीबाट जल ल्याएर धरान १४ विजयपुरमा रहेका पिण्डेश्वरको मन्दिरमा जल चढाउने सर्वसाधारण समेत उल्लेख्य रुपमा रहेका थिए ।

सनातन धर्मालम्बीहरुलाई भक्तिभावसँगै कुम्भमेलामार्फत संसारभर नेपाललाई परिचित गराउने राष्ट्रभावबाट ओतपोत बालसन्तप्रति उहाँको कामप्रति सबै उत्साहित भएको मेलामा आउनेबाट प्रष्ट भान हुन्थ्यो ।

मेलामा हालसम्म १२ लाख भन्दा बढी भक्तजनहरु आएर स्नान गरेको आयोजकले जनाएको छ ।

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved