पूर्वी नाकाबाट ८ करोडको जडीबुटीे निर्यात

  • वैशाख ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्म आठ करोडभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ ।

भारतले विभिन्न बहानामा नेपालका कृषि तथा कृषिजन्य वस्तुको आयातमा समय समयमा अवरोध गरेपनि चालु आव २०८०/८१ को पहिलो नौ महिनामा आठ करोड ९७ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको तीन लाख ३३ हजार ६ सय ३२ किलोग्राम जडीबुटी निकासी भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।

उनका अनुसार यो अवधिमा एक करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको ८६ हजार किलोग्राम जडीबुटी बंगलादेश, छ करोड ४२ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ४७ हजार ८२ किलोग्राम जडीबुटी भारत तथा एक करोड १२ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको पाँच सय किलोग्राम जडीबुटी इटली निर्यात भएको हो ।

काँकरभिट्टा नाका भएर बंगलादेश, भारत, इटली र भियतनामलगायतका मुलुकमा नेपाली जडीबुटी निर्यात हुने गरेको छ ।

यो नाका भएर नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटी चिराइतो, मञ्जिथा, विशजारा, जट्टामसी, चुत्थ्रोजातका नेपाली जडीबुटी सबैभन्दा बढी निकासी भइरहेको छ ।

औषधी, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई बङ्गलादेशजस्ता तेस्रो मुलकमा पनि निर्यात भइरहेको व्यवसायीहरुको भनाई छ ।

चिराइतो इटली निर्यात हुन्छ । भन्सार स्रोतका अनुसार गत आर्थिक वर्ष २०७९/८० को सोहि अवधिमा यो नाका भएर तीन करोड ८६ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको २० लाख ८ हजार २ सय ६४ किलोग्राम नेपाली जडीबुटी निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को को तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच करोड ११ लाख २९ रुपैयाँ बढीका एक लाख २५ हजार छ सय ६८ किलोग्राम नेपाली जडीबुडी निर्यात भएको सूचना अधिकृत कँडेलले जानकारी दिए ।

पछिल्लो समय बंगलादेशमा निकै नै नेपाली जडीबुटीको माग बढेको छ । माग बढेसँगै पूर्वीनाकाबाट जडीबुटी निर्यातमा समेत बृद्धि भएको भन्सार अधिकारीहरुको भनाई छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो नौ महिनामा एक करोड १६ लाख ३८ हजार रुपैयाँ मूल्य बराबरको ६७ हजार दुई सय ४५ किलोग्राम जडीबुटी बंगलादेश, दुई करोड ५७ लाख ४४ हजार रुपैयाँ मूल्य बराबरका एक लाख ३५ हजार पाँच सय ४९ किलोग्राम जडीबुटी भारत र १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरका पाँच हजार चार सय ७० किलोग्राम नेपाली जडीबुटी भियतनाम निर्यात भएको बताईएको छ  ।

नेपालले जडीबुटी निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको अनेकौँ कठिनाइका बाबजुद व्यवसायीले नौ महिनामा यति ठूलो परिमाणमा जडीबुटी निकासी गर्न सफल हुनु निकै सकारात्मक भएको बताएका छन् ।

विविध कारणले जडीबुटी निकासी हरेक वर्ष घट्दै गएपनि यो वर्षबाट पुनः उकालो लाग्ने संकेत मिलेको व्यवसायीहरुको भनाई छ  । पूर्वी पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि काँकरभिट्टा नाका प्रमुख मानिन्छ ।

जडीबुटी निर्यात वापत निर्यातकर्ताले एकसय रुपैयाँ १३ रुपैयाँ राजस्व बुझाउनुपर्छ  ।

नेपाल सरकारले नेपाली कृषि तथा कृषिजन्य वस्तुको निर्यात प्रवद्र्धनका लागि व्यवसायीहरुलाई सहुलियत दिएको भन्सार अधिकारीहरुको भनाई छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved