गठबन्धन चुनावलाई मात्र हैन, अभियान हो : सुहाङ

  • वैशाख ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनका उम्मेदवार सुहाङ नेम्बाङले अहिलेको गठबन्धन चुनावी तालमेलमात्रै नभएर एउटा अभियान भएको बताएका छन् ।

उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलको गठबन्धन राजनीतिक स्थायित्व र विकासका लागि बनेको बताए ।

इलाम क्षेत्र २ को फाकफोकथुममा आइतबार आयोजित चुनावी कार्यक्रममा सुहाङले देशको विकास सहज हुन राजनीतिक स्थायित्व आवश्यक पर्ने बताए ।

‘यो गठबन्धन चुनावका लागिमात्रै होइन, राजनीतिक स्थायित्वका लागि हो, विकास, सुशासन र समृद्धिको आधार हो,’ उनले भने, ‘गठबन्धन निरन्तर अघि बढिरहन्छ । यसमा मतदातालाई विश्वस्त बनाउन चाहन्छु ।’

उम्मेदवार सुहाङले हिजो एमाले र माओवादी एउटै दल भएका बेला विकासले गति लिएको स्मरण गरे ।

वाम गठबन्धनको सरकार भएको समयलाई ‘सुनौलो समय’ भन्दै उनले त्यसबेला विकासको लहर देशभर चलेको बताए ।

‘हिजो एमाले–माओवादी एक भएर नेकपा बनेका बेला देशमा विकासको लहर आएको थियो, समृद्धिका धेरै आधार तयार भएका थिए,’ उनले भने, ‘अवस्था फेरियो तर अहिले आएर फेरि वातावरण बन्ने सम्भावना बढेको छ, राजनीतिक स्थायित्वका लागि अहिलेको गठबन्धन दृढ छ ।

यो गठबन्धनले पनि अब विकासका आधार तयार गर्नेछ ।’

इलामका धेरै पुल, बाटोघाटो, स्वास्थ्य, शिक्षालगायत क्षेत्रका आधार एमाले–माओवादी गठबन्धनकै बेला तयार भएको भन्दै उनले इलाम क्षेत्र २ को विकासमा यहींका मतदाता र पार्टीका नेता–कार्यकर्ताको योगदान रहेको बताए ।

‘अब जति समस्या छन्, हामीले सबैका समस्या टिपोट गरिरहेका छौं,’ सुहाङले भने, ‘प्राविधिक समस्या वा सुशासनमा भएका कमजोरीमा आत्मसमीक्षा गर्नुपर्छ ।

हाम्रा पनि कहींकतै कमजोरी भए कि भनेर खोज्दै त्यसलाई सिकाइका रूपमा लिएर सुधार्दै अघि बढ्नुपर्छ ।’

उनले मतदाताले अहिले पनि सडक, पुल, शिक्षा, खानेपानी र कृषि क्षेत्रका योजना माग गरिरहेको भन्दै ती आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

‘जति समस्या र आवश्यकता मतदाताले टिपाउनुभएको छ, तपाइँहरूसँगै हातेमालो गरेर एक–एक ढंगले तिनको समाधानमा लाग्नेछौं,’ उनले भने, ‘यी सबै कामको पहलकदमी भने अघि बढिसकेको पनि छ ।’

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved