सुनसरीको दुहबी लगायत तराईमा चैते छठको रौनक "चन्दन रौनियार "

  • चैत ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /सुनसरीको दुहबी लगायत तराई मधेसका विभिन्न जिल्लामा चैती छठ पर्व सुरु भएको छ । सूर्यदेव र छठ माईको पूजा आराधना गरी मनाइने छठ पर्व आजबाट औपचारिक रुपमा शुरु भएको छ ।

शुक्रबार नुहाउने र भोजन गर्ने विधिबाट शुरु भएको चैती छठ पूजा शनिबार मनाइँदैछ । त्यसैगरी आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

यस वर्षको चैती छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई समापन हुँदैछ ।

चैत्र महिनाको शुक्ल चतुर्थीबाट छठ पूजा सुरु हुन्छ । चार दिनसम्म कडा नियम र भक्तिपूर्वक मनाइँदै आएको छठ पूजाको आज पहिलो दिन ।1712926849297

यस दिन बिहान षष्ठीले स्नान गरी शुद्ध सात्विक भोजन गर्ने गर्दछन् ।

यो पर्व सहने महिलाहरुका लागि यो दिन निकै विशेष छ । शरीर र मनको शुद्धि आजबाट सुरु हुन्छ।1712926840715

नुहाउने र खाने दिनमा बनाइएका खानामा शुद्धताको विशेष महत्व हुन्छ ।

यस दिन लौकाको तरकारीलाई विशेष बनाइन्छ । आजको दिन अघानी धानबाट पकाएको भातसँगै लौकी र चनाको दाल अनिवार्य खानुपर्छ । लौकी हिन्दू धर्ममा अति पवित्र तरकारी मानिन्छ।1712926837307

यो नवरात्रि लगायतका अन्य व्रतहरूमा पनि प्रयोग गरिन्छ। लौका खाँदा शरीरलाई भोलिपल्ट व्रत बस्ने शक्ति मिल्ने बिश्वास छ ।

यसका साथै अन्य दालको तुलनामा चना शुद्ध मानिने भएकाले आजको दिन चनाको दाल मात्र बनाइन्छ । छठ व्रतमा पवित्रता हननलाई कुठेव मानिन्छ। यस दिन घरमा पकाएको खानामा लसुन र प्याज निषेध गरिएको छ ।

व्रत बस्नेहरूले चार दिन लसुन र प्याजबाट टाढै बस्नुपर्छ ।

चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् ।

प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ । पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् ।1712926845692

त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु खोला नदि या पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ ।

सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

सुनसरीको दुहबी बुढिखोला सहित मधेसका २२जिल्लामा का विभिन्न जलासयहरुमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ । छठ पूजा वर्षमा दुई पटक मनाइन्छ।

पहिलो छठ पूजा कार्तिक महिनामा र दोस्रो छठ पूजा चैत्र महिनामा गरिन्छ। यसलाई परम्परागत रूपमा शारदिया र वसन्त छठ भनिन्छ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved