इवाहाङ वंशका सफल व्यक्तिहरू सम्मानित

  • चैत २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/सफलता हासिल गरेका तथा समाजमा विशेष योगदान पुर्याएका इवाहाङ वंशका व्यक्तित्वहरूलाई सम्मान गर्दै इवाहाङ वंश विकास केन्द्रीय कार्यसमितिको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । 

धरान–१० को सैनिक भवनमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य स्व महिन सुब्बा, संस्थाका संस्थापक तथा समाजसेवीद्वय स्व राजेन्द्रप्रसाद इवाहाङ र देव इवाहाङलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

सो अवसरमा वंशका संस्थापक तथा समाजसेवी प्रेमकुमार इवाहाङ, वायुसेवा निगममा नाम निकाल्न सफल विष्णुकुमारी इवाहाङ, बेलायतबाट ब्याचलर अफ मेडिकल साइन्स उत्तीर्ण गरेका संगीता इवाहाङ र रंगीता इवाहाङ तथा शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल सम्फाकुमारी इवाहाङलगायत पनि सम्मानित भएका थिए ।

उनीहरूलाई खदा ओढाएर सम्मानपत्र पनि प्रदा नगरिएको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा कलम तिगेलाले इवाहाङहरूको पुर्खा डुल्दै घुम्दै फाक्सिपको वासाप्ला भन्ने ठाउँमा आएर बसोवास गर्न थालेको इतिहास रहेको बताए ।

त्यसैगरी धरानको महेन्द्र बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति सागर सरगम चेम्जोङले विश्वव्यापीकरणका कारण अहिले जातीय पहिचानहरू लोप हुँदै गएको अवस्थामा इवाहाङ वंश विकास समिति गठन भएबाट सिङ्गो याक्थुङ लिम्बू समुदायको अस्तित्व संरक्षणमा सहयोग पुगेको धारणा राखे ।

त्यस क्रममा आयोजक समितिका अध्यक्ष कृष्णबहादुर सुब्बाले वंशको केन्द्रीय कोषबाट कल्याणकारी कार्यअन्तर्गत यस वर्ष स्वास्थ्य उपचारबापत तीनजनालाई जनही १५ हजार रुपैयाँका दरले सहयोग गरेको जानकारी दिए ।

उनले वंशको विकासका लागि पनि आवश्यक विभिन्न काम गरिरहेको बताए ।

कार्यक्रममा गायक डीबी थेगिमलगायतका कलाकारहरूले पालाम, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved