शिवगंगा टोल विकासमा रत्नकुमार नेम्बाङ

  • चैत २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिका वडा नं.१५ मा सवैभन्दा धेरै घरधुरी रहेको आधारभूत सुकुम्बासी वस्ती हो शिवगंगा टोल विकास संस्था ।

यही शिवगंगा टोल विकास संस्थाले गत चैत्र २६ गते प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनमा आयोजक समितिका सचिव निश्चल खत्रीले संस्थाको साँगठानिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष कान्छीमाया राईले आय–व्यय प्रतिवेदन प्रस्तुत गरेकी थिएन ।

संस्थाका अध्यक्ष रत्नकुमार नेम्बाङको अध्यक्षता, धरान उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष श्री नरेशकुमार इवारमको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारण सभामा नमुना श्रुतिमार्ग टोल विकास संस्थाका अध्यक्ष डाकमान राई, निराजन बस्ति कल्याण समाजका सचिव लोकराज निरौला, पूर्व अध्यक्ष हरि कुमार राई लगायतको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

साधारण सभाको अधिवेशनले शिवगंगा टोल विकास संस्थाको रत्नकुमार नेम्बाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सूर्य कुमार लिम्बू, सचिवमा रोशन राई, सहसचिवमा पवित्रा राई, कोषाध्यक्षमा मेनुका दर्जी सदस्यहरुमा कर्ण बहादुर खड्का, राजन कालिकोटे, विष्णु लिम्बू, पूर्ण लिम्बू , सम्झना वि.क.,

डिक बहादुर राई, इश्वरी प्रसाद दुलाल लगायत चयन भएका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved