मुख्यमन्त्रीलाई विश्वासका मत लिन एमालेले दियो समय

  • चैत २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मतका लागि समय दिने बताएका छन् ।

१ महिनाभित्र विश्वासको मत नलिए स्वतः पदमुक्त हुने दुई दलको दाबी छ ।

मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै दुई दलका नेताले केदार कार्कीमाथिको समर्थन फिर्ता लिइसकेकाले विश्वासको मत लिनुपर्ने बताए ।

एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनले मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको दाबी गरे ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान लिइँरहदा एमाले र माओवादीले संविधानको धारा १८८ (२) अन्तर्गत विश्वासको मत लिनुपर्ने बताएको हो ।

सो धारामा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री बनेका कार्कीलाई माओवादीले दलको तर्फबाट विश्वासको मत दिएको थियो ।

माओवादी का कोशी प्रदेशसभा सदस्य दुर्गा चापागाईँले एमाले र माओवादीले विशेष अधिवेशन माग गरेकाले एक महिनाअगाडि नै मुख्यमन्त्री अल्पमतमा रहेको संसदमा देखाउने बताए ।

उनले मुख्यमन्त्रीले अटेर गरे प्रदेशसभामा संकल्प प्रस्ताव समेत पास गर्न सक्ने भएकाले सरकार परिवर्तन हुने बताए ।

पत्रकार सम्मेलनमा प्रमुख सचेतक भण्डारीले अल्पमतमा सरकार परेकाले नया कार्यक्रमहरु स्विकृत नगर्न, योजनाहरू काट्न र कर्मचारी हरूको सरुवा नगर्न समेत आग्रह गरेका छन् ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved