ध्वजे डाँडामा पूर्वाधार निर्माणको काम तिब्र

  • चैत १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाको छथरजोरपार्टी २ ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीब्र पारिएको छ ।

तीन बर्ष अगाडिदेखि शुरु गरिएको सो निर्माण कार्यमा हालसम्म एक करोड भन्दा बढी खर्च भइसकेको छ ।

हालसम्म सो स्थानमा कोशी राजमार्गबाट डाँडासम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेट वाल निर्माण गरिएको छ ।

त्यस्तै ध्वजे डाँडामा लिम्बु जातिको सिलाङसाक्मा, मगर जातिको खुप्रेटोको प्रतिमा निर्माण गरिएको छ ।

त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झण्डा, लव स्टेशन निर्माण गरिएको छ ।

सो स्थानमा पानी संरक्षण अभियान अन्तर्गत एक पोखरी निर्माण गरिएको छ ।

त्यस्तै वन कार्यालयले समेत सो स्थानमा रिचार्ज पोखरी निर्माणको तयारी गरेको छ ।

ध्वजे डाँडालाई छथर जोरपाटी गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउन आफूहरु नयाँ सोचका साथ लागि परेको गाउँपालिकाका अधयक्ष छत्र सुब्बाले जानकारी दिए ।

संघ र प्रदेशसहित दाताहरुका सहयोगम पालिकाभित्रका सबै जातजातिको पहिचान झल्किने गरिका थप स्तम्भ निर्माण गरिने उनको भनाई छ ।

यो डाँडा करिब २३ सय मिटरको उचाईमा रहेको छ । डाँडाबाट सूर्योदय र सुर्यास्तसंगै विभिन्न रमणीय दृश्य नियाल्न सकिने बताइएको छ ।

 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved