एमालेको मिसन ८४ अर्जुनदृष्टि : शेरधन राई

  • चैत १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /समृद्धि नेपाल, सुखी नेपाली अभियानलाई तिब्रगतिमा अघि बढाएको नेकपा एमालेले वर्तमान सत्तामा ध्यान नदिएको पुर्व कोशी प्रदेशका मुख्यमन्त्री तथा एमालेका केन्द्रिय सदस्य शेरधन राईले बताएका छन् । 

आइतबार एमालेको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठन धरान उपमहानगर कमिटीले आयोजना गरेको इफ्तार कार्यक्रममा रमाजानको शुभकामना दिदै अहिलेको सरकारमा ध्यान नदिई आउँदो २०८४ एकल नेतृत्व हासिल गर्न मिसनमा रहेको बताए ।

उनले भने, अहिलेको हाम्रो अर्जुनदृष्टि ८४ हो, त्यसैले अहिले सरकारमा ध्यान छैन्, ८४ पछिको नेतृत्वमा रहेको छ ।’

उनले आउँदो ८४ को निर्वाचनबाट बहुमत हासिल गरि देशमा रहेको राजनितिक अस्थिरतालाई स्थिरता कायम गर्ने संकल्पका साथ अघि बढेको उनको भनाई छ ।

त्यसका लागि सबै तह र तप्काबाट सहजिकरण गर्न आवश्यक रहेको बताए ।

उनले नेकपा एमाले राष्ट्रियता, स्वधिनता र स्वभिमानका साथ अघि बढेकै कारण आज सम्म सबैको सामु रहेको बताए ।

सबै धर्म जाति र सबै विचारलाई संगठित रुपमा हिडाएर सहकार्य गरेकै कारण सबैका सामु उभिएको उनको भनाई छ । 

सत्कर्म, सतगुण, सहिष्णुता कायम राख्दै मानवजगत, प्राणिजगतको हितका लागि ब्रत बसेर संकल्प गरेर रोजा बसेका सबै मुस्लिम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् । 

कार्यक्रममा एमालेका जिल्ला सदस्य तथा संगठनका मुस्लिम इत्तेहादका इन्चार्ज फिरोज अलीले मदरसा स्थापनाका लागि आग्रह गरे । पटक पटक मदरसा, कब्रस्तान बनाउने आश्वासन पाए पनि कसैले पुरा नगरिदिएको गुनासो गरे ।

उनले भने, ‘धेरै राजनितिक दलहरुले हाम्रो समस्या समाधान गर्न आश्वासन दिए पनि अझै सम्म कसैले वास्ता गरेका छैनन्, निर्वाचनको समय भाषणमा आश्वासन दिन्छन्, तर जिते पछि पनि हाम्रो समस्या ज्युँका त्युँ छ ।’

कार्यक्रममा संगठनका केन्द्रिय बुद्धिजिवी संगठनका अध्यक्ष डा. खालिद हुसैन हकले रमाजानको विषयमा प्रष्ट्याएका थिए ।

उनले मुस्लिम समुदाय अझै पनि राजनितिक, सामाजिक, निजामती कर्मचारीहरुमा उपस्थिती जनाउन नसकेको बताए ।

उनले भने, ‘हाम्रो पहुँच माथिल्लो निकाय सम्म पुग्न सकेको छैन्, किनकी शिक्षामा पछि परेको छौं, त्यसैले मदरसामा लगानी गर्न आवश्यक छ ।’

कार्यक्रममा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङले पनि शुभकामना मन्तव्य राखेका थिए ।

इफ्तार कार्यक्रमको अवसरमा विभिन्न संघसंस्थामा रहेर सामाजिक कार्य गर्दै आएका फिरोज अलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व मो. सगिर अलीले गरेका थिए । औपचारिक कार्यक्रम पश्चात सबैले सामुहिक इफ्तार गरेका थिए । 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved