तमोर कोरिडोरले बदल्दै दैनिकी

  • चैत १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ ।

अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् ।

तराईबाट यी दुई जिल्लासम्म जान कोरिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीको चाप बढ्दो व्रmममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै कोरिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फ उन्मुख हुन थालेका छन् ।

विव्रmम संवत् २०७० मा यस स्थानमा कोरिडोर आइपुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे वडा नं. ५ हङ्समोरङ बेँसीकी रूपादेवी दाहालले जानकारी दिईन । आफूसंँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेको बेला कोरिडोरको व्यापारले तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उनको भनाइ छ ।

स्थानीय खेम न्यौपाने पनि गत सालदेखि कृषि पेसा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आएका छन् ।

गत वर्षदेखि पाँच लाख रुपियाँ लगानीमा व्यवसाय सुरु गरेको बताउँदै न्यौपानेले मासिक ४० हजार रुपियाँसम्म कमाइ हुने गरेको जानकारी दिए ।

पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा गएका न्यौपानेले कोरिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताए । पहिला बजार नपाएर यहाँका उत्पादन खेर जान्थे । कोरिडोर बनेपछि त्यही उत्पादनबाट स्थानीयले मनग्गे आम्दानी गरिरहेको उनले जानकारी दिए ।

उनले भने, “अहिले तमोर कोरिडोरआसपासका अन्यले पनि कसैले होटल त कसैले किराना पसल सुरु गरेका छन् । कृषि पेसा गर्नेले समेत राम्रो आम्दानी गर्न थालेका छन् ।’ कोरिडोरका कारण चौबिसे गाउँपालिका वडा नं. ५ भैँसेटारको २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ ।

पुख्र्यौली पेसाका रूपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने, सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले जानकारी दिए ।

कोरिडोरमा दैनिक दुई सय वटा भन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले आफूहरूले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उनले बताए । “पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपथ्र्यो,” उनले भने, “अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ ।”

भारतको जोगबनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने २ सय ५४ किमि कोरिडोरको धनकुटाको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रेको चरणमा छ । यो सडकमा भविष्य देखेर स्थानीय मात्रै नभई बाहिरबाट समेत व्यापारी आएर होटल, किरानालगायतका व्यापार व्यवसाय गर्न थालेका छन् ।

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved