स्थानीय सरकारले आफै जेसिभी सञ्चालन गर्न थाले "विपत्तका समयमा जेसिभी अति उपयुक्त"

  • फागुन ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ गाउँ गाउँमा सडक पुगे पनि बर्षेनी सडक बर्षाद् विगारिदिँदा सडक प्रयोग गर्न सकिने अवस्थामा हुदैनन् ।

त्यो सडक सफा गरेर सञ्चालन गर्न बर्षदिनमात्र लाग्दैन खर्च पनि बढी लाग्ने गरेको छ । तर धनकुटाका अधिकांश स्थानीय तहले आफैले डोजर खरिद गरेर प्रयोग गर्न थालेपछि भने यो समस्या केही हदसम्म समाधान भएको छ ।

आर्थिक बर्ष २०७९/०८० मा धनकुटाको सागुरीगढी गाउँपालिकाले पालिकाभित्र रहेका बर्षाद्को समयमा भत्एिका सडक मर्मत गर्न करिब ५० लाख खर्चिनु प¥यो । यति खर्च गर्दा पनि सबै सडक पालिकाले चाहेजस्तो सञ्चालनमा आउन सकेन ।

तर यो बर्ष अर्थात आर्थिक बर्ष २०८०/०८१ म पालिकाले अघिल्लो बर्षकै हाराहारीका करिब २ हजार मिटर छोटो समयमै सडक सफा गर्न सफल भयो । यो बर्ष छिटो र कम लागतमा सडक सफा गर्नुको कारण थियो पालिकाले आफैले डोजर गर्नु ।

डोजर खरिद गरी साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रको सडक १२ महिना सञ्चालन गर्ने उद्देश्यका साथ सरसफाई अभियान शुरु गरेको छ ।

बर्षा याममा सडक हिलाम्मे हुने समस्या र हिउँदको बेला सुख्खा पहिरोले सडक अवरुद्ध हुने समस्या देखिएपछि जेसिभी खरिद गरेर सरसफाई अभियान शुरु गरेको हो ।

पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली भन्छन्–‘गएको आर्थिक बर्षमा हामीले सडक सरसफाईमा ५० लाख जति बजेट छुट्याएका थियौ, बार्षिक ५० लाख भन्दा बढी बाटो सरसफाइमा मात्र बजेट छुट्याउनुपर्ने थियो, त्यो सँगै जनताले नागरिकले सडक सञ्जाल राम्ररी सञ्चालन नहुदा दुःख पाइरहेको अवस्था थियो, जेसिभी खरिद गरेपछि आफूलाई सहज भएको छ ।’

बाटो खस्निे वित्तिकै अर्थात विपतको समयमा सडक सफा गर्न कठिन भएको अवस्थामा जेसिभी खरिद गरेपछि सहज भएको उनको भनाई छ ।

उनले भने–‘सवारी साधन १२ महिना नै सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले पालिकाको आफ्नै बजेटले जेसिभी खरिद गरेका हौ, अहिले यही जेसिभीबाट धमाधम बाटो सफा गर्ने काम भइरहेको छ ।’

सागुरीगढी गाउँपालिकाको जस्तै धनकुटाको महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाले पनि आफैले जेसिभी खरिद गरेका छन् ।

यी पालिकाहरुले पनि बर्खादमा भतित्एको सडक सकेसम्म दशै अगाडि सफा गरिसक्छन् ।

स्थानीय सरकारको आफ्नै डोजर हुदा र नहुदा धेरै अन्तर हुने स्थानयि सरकार प्रमुहरुले बताउने गरेका छन् ।

डोजर नहुदा बजेट छुट्याएर उपभोक्ता समिति निर्माण गरी वा ठेक्का लगाएर काम लगाउँदा धेरै समय लाग्नेमात्र नभई धेरै झन्टिलो हुने गरेको छ । कतिपय स्थानीय तहमा बजेट अभावकै कारण सडक सफागर्न समेत मुस्लिक पर्ने गरेको छ ।

आफ्नै जेसिभी भएपछि छिटो र कम लागतमा भत्किएको सडक सफा सकिने महालक्ष्मी नगरपालिकामा मेयर धु्रवराज रायले आफ्नै जेसिभीबाट सडक सफा गर्दा झन्झट, लागत सबै कम हुने बताए ।

उनले भने–‘जेसिभी नहुदा उपभोक्ता समिति निर्माण गर्नुप¥यो, ठेक्का दिनुप¥यो, यति हुदा पनि समयमै सकिदैन झन्टझै झन्झट छ ।’

इस्तै भनाई चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङको भनाई छ । उनले विगतमा धेरै झन्झट भएकै कारण गाउँपालिकाले जेसिभी खरिद गरेर भत्किएको सडक आफै सफा गर्न थालिएको बताए ।

उनले भने–‘धेरै सजिलो भएको छ, गाउँपालिकाले आफैले सञ्चालन गर्ने र सर्वसाधारणलाई चाहिएको खण्डमा समेत राजस्व तिरेर जेसिभी दिने गरेका छौं, यसले आन्तरिक राजस्व वृद्धिमा सहयोग समेत भएको छ ।’

उनले विपत्तका समयमा त झन उद्वाराका लागि जेसिभीले ठूलो काम गरेको अध्यक्ष चेम्जोङ बताउँछन् ।

उनले भने–‘गाउँपालिकाको काममात्र हैन, कही बाढीले घर भत्कायो, सडक भत्कायो, पहिरोले घर पुरियो लगायतका विपत्तका समयमा चाँडो उद्वारको काम गर्न सहज भएको छ ।’

धेरैतिर सडक निर्माण भए पनि सडक भत्किएको अवस्थामा सफा गर्न नसक्दा सडक प्रयोग नहुने अवस्थामा रहने गरे पनि गाउँपालिका आफैले जेसिभी राखेपछि भने धेरै सहज भएको स्थानीयहरु समेत बताउँछन् ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved