यातायातको बीसवर्षे नीति नसच्याइए संकट आउछ : अध्यक्ष राई

  • फागुन २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

पोखरा/ सार्वजनिक यातायातमा सरकारले लगाएको २० वर्षे हदबन्दिको नीति तत्काल संशोधन नगरे संकट निम्तिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभएकोछ ।

बहुराष्ट्रिय कम्पनिका उत्पादनलाई नेपालमा बिक्रि गर्ने राणनीति अनुरुप ल्याइएको बीसवर्षे नीतिले १० हजार सवारीसाधन विस्थापन हुने र स्वरोजगार मजदुरहरुका करिव १० अर्ब लगानी पलायनहुने अध्यक्ष राईले बताउनुभयो ।

सरकारले यातायात व्यवसायी र मजदुरहरुलाई असर पार्ने यस्ता गलत नीति तत्काल संशोधन गर्न र यातायात व्यवसायी प्रालिहरुको रोक्का गरिएका सम्पति तत्काल फुकुवा गर्न समेत सरकारसंग अध्यक्ष राईले माग गर्नुभएकोछ ।

आइतबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश कमिटीले पोखरामा आयोजना गरेको प्रदेशभरीका अगुवा कार्यकर्ताहरुको विस्तारित भेलामा अध्यक्ष राईले यस्तो धारणा राख्नु भएको हो ।

व्यवसायी प्रालिका करोडौं पैसा सरकारले फुकुवा नगर्दा सडक दुर्घटनाका पीडितहरुलाई राहत तथा उपचार गर्ने विषयमा समस्या भएको र यातायात मजदुरहरुको सेवा सुविधा र सडक दुर्घटना हुँदा कानुनी उपचारमा समस्या आएको मजदुर नेता राईले बताउनु भएको हो ।

यतिबेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरिरहेकोछ मजदुर र व्यवसायीहरुका सुझावहरु प्रस्तुत गरिसकेकाछौं सम्बोधन हुनेमा हामी आशावादीछौं सम्बोधन नभए देशमा संकट निम्तिन्छ राईले भन्नुभयो ।

नेपालको यातायात क्षेत्र अस्तव्यस्तछ लगानी असुरक्षितछ, मजदुर पीडितछन्, सर्वसाधारणले गुनस्तरिय र भरपर्दो सेवा पाइरहेकोछैन सरकारले यस विषयमा सरोकारवालाहरुसंग छलफल गर्नुपर्छ राईले आग्रह गर्नुभयो ।Messenger_creation_524d88c0-8eae-4bf8-8067-29f2401f3f17

संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णुबहादुर खत्रीको अध्यक्षतामा भएको भेलामा संविधानसभा सदस्य तथा संगठनका पूर्व केन्द्रीय अध्यक्ष चुडामणी जंगली, जिफन्ट गण्डकी अध्यक्ष रुद्रबहादुर खत्री,

संगठनका महासचिव केशव थापा, उपमहासचिव विष्णु पराजुली लगायतले आफ्नो विचार राख्नु भएको थियो ।

भेलाले संगठन सुदृढिकरण र विस्तार तथा शक्ति निर्माणका लागि असारसम्मको कार्ययोजना पास गरेकोछ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved