सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न विद्यालयलाई आग्रह

  • फागुन २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न आनाकानी गर्न नहुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ ।

सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनले विद्यालयलाईनै जोखिम कम हुने अध्यक्ष राईले बताउनुभएको हो ।

शनिबार धरानमा रहेका निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुको भेलामा राईले त्यस्तो बताउनु भएको हो ।1709439998271

मजदुरहरुको जीवनचत्रमा आइपर्ने समस्यालाई सम्बोधन गर्नेगरी सामाजिक सुरक्षा कोषले ल्याएको चारवटा स्किमलाई विद्यालयले कभर गर्नुपर्छ अन्यथा कोषमा मजदुरहरुलाई सहभागी गराउनुपर्छ राइले बताउनुभयो । 

विरामी हुँदा उपचार, दुर्घटनामा घाइतेहुँदा उपचार, मृत्युहुँदा आश्रित परिवारलाई राहत र बुढ्यौलीमा पेन्सनको व्यवस्था सामाजिक सुरक्षा कोषले व्यवस्था गरेकाले मजदुरहरु कोषमा सहभागी हुनु अनिवार्यरहेको अध्यक्ष राईले जानकारी गराउनुभयो । 

त्यसका लागि मजदुरहरुले आफ्नो न्युनतम पारिश्रमिकको ११ प्रतिशत र विद्यालयले २० प्रतिशत योगदान गर्नुपर्ने र त्यसका लागि मजदुर, संगठन र व्यवस्थापकबीच छलफल आवश्यक रहेको राईले बताउनुभयो । 

भेलाले गौतम ताम्राकारको अध्यक्षतामा ११ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्कुल इकाई कमिटी धरान गठन गरेकोछ । 

कमिटीको उपाध्यक्षमा मोहनकुमार थापा, सचिवमा डिकबहादुर लकान्द्री, सहसचिवमा मनीकुमार तामाङ, कोषाध्यक्षमा थामबहादुर राई चुनिनु भएको छ ।

यस्तै सदस्यहरूमा दलबहादुर लिम्बू, खेमराज शर्मा, देवराज थापा, सुवास तामाङ, अजय तामाङ, भविन्द्र राई रहनु भएको छ ।

संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, धरान उपमहानगर कमिटी अध्यक्ष किरण थापा,1709440013933

सचिव बलबहादुर लिम्बूको उपस्थिति रहेको भेलाले आगामी तीनमहिनाभीत्र कमिटीको अधिवेशन गर्ने र धरानमा रहेका स्कुलहरुको विवरण तयार गरि सबै श्रमिकहरुलाई संगठनमा समावेश गराउने निष्कर्ष निकालेकोछ ।

सुनसरीमा प्रहरीलाई द ...

धरान/ सुनसरीको देवानगञ्जमा प्रहरीलाई देख्नेबित्तिक ...

सुनसरीमा लागूऔषधको ठ ...

सुनसरी/ इटहरीमा डेराकोठाभित्र लुकाएर राखिएको हजारौँ क्य ...

धरानमा ९ लाख ८२ हजार ...

धरान/ सुनसरीको धरानस्थित तिनकुनेमा भन्सार छली गरेर ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित दुई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved