पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा व्यवसायी " भगीरथ भण्डारी"

  • फागुन १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा पर्यटन व्यवसायीहरु निस्किएका छन् ।

इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका लागि व्यवसायी लागिपरेका हुन । मंगलवारबाट सुरु भएको अभियानमा विभिन्न जिल्लाका पर्यटन व्यवसायीसँग छलफल साथ इलामको पर्यटकीय क्षेत्रको प्रचार अभियानमा छन् ।

होटेल व्यवसायी संघको आयोजनामा भएको अभियानमा उद्योग वाणीज्य संघका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि सहित विभिन्न संघसंस्था र सञ्चारकर्मी सहित बिस जनाको टोली अभियानमा निस्किएको छ ।

बिस गते सम्म चल्ने अभियानले इलामका पर्यटकीय गन्तव्यको चिनारी सँगै त्यसको महत्वको बारेका परिचित गराउने होटेल एसोसिएसनका अध्यक्ष देवी पौडेलले बताए ।

इलामका पाथीभरा कन्यामय, अन्तुडाँडा सँगै सन्दकपुर, माइपोखरी, पाटेनागी जौवारि, तुम्लिङ, मेघमा, गजुरमुखी, लारुम्बालगायत पर्यटकीय स्थलमा पर्यटक पु¥याउने र इलाममा कन्यामय र अन्तु भन्दा राम्रा ठाउँ पनि छन् भन्ने चिनाउन अभियान सञ्चालन गरिएको महासचिव प्रकाश चापागाईँले बताए ।

कन्यामय, इलाम, अन्तु, पानी टारको हरियो चियावारिको उत्कृष्ट दृश्य सँगै पाटेनागी सन्दुकपुरबाट कञ्चनजङ्घा लगायतका हिमालसमेत प्रस्ट देखिने भएपनि प्रचार प्रसार हुन नसक्दा इलाम पुग्ने पर्यटक आदिबाटैबाट फर्किने गरेको कारण ठाउँ चिनारीको लागि अभियान सञ्चालन गरिएको हो ।

सूर्योदय–सूर्यास्त दृश्यावलोकनका लागि इलामको पाटेनागी र सन्दकपुर महत्वपुर्ण रहनुका साथै पानीटारको चिया बगान र सिद्ध थुम्काको सुर्यअस्थ अवलोकनका लागि पुग्ने पर्यटक एक पटकमा मात्रै चित्त बुझाउन नसक्नेगरीको देखिन्छ ।

तर पर्यटकीय स्थलको प्रचार अभावमा पर्यटकको पर्खाइमा रहेका यी स्थलबाट नजिकैको स्थानमा ज्ञानदिलदासको जन्मभूमि र उनले तपस्या गरेको तीन वटा गुफा पनि इलाम जिल्ला मानै पर्दछ ।

सदरमुकामबाट नजिकैको दुरीमा रहेको पाटेनागीबाट कञ्चन्जंघा, कुम्भकर्ण, सगरमाथा सहित तराईका समथर भूभागको अवलोकनसँगै इलाम र पाँचथरको सिमानाबाट ज्ञानदिलदासको जन्मभुमीमा पुग्न सकिन्छ ।

अभियानमा रहेका नेपाली काँग्रेसका राजेन्द्र शर्माले तराई क्षेत्रमा गर्मी बढेका बेला झापाबाट नजिकै रहेको इलामका यी पर्यटकीय स्थलको अवलोकनका लागि उपयुक्त रहेको भन्दै पुग्ने पर्यटकले सदरमुकाम पुग्ने पर्यटकले ऐतिहासिक चिया कारखाना र इलाम दरवारको अवलोकनसँगै पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिने बताए ।

अभियानमा रहेका नेकपा एमाले नगर कमिटी सचिव ठाकुरनारायण श्रेष्ठले प्रचारप्रसार नै नभएका पर्यटकीय स्थलको संख्या इलाममा धेरै रहेको बताए ।

जिल्लामा विभिन्न पर्यटकीय गन्तव्य रहे पनि यसको प्रचार प्रसारको अभावमा पर्यटकको पखाईमा रहेकाकारण इलामका पर्यटन व्यवसायी जिल्ला अभियानमा निस्किएका हुन ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved