धरान १५ को शहिद मार्ग पक्की बन्दै

  • फागुन १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाको नगर गौरबको आयोजना अन्र्तगत धरान १५ स्थित लाङघाली चौकदेखि महादेवचौकको शहिद मार्ग अब पक्की सडक बन्ने भएको् छ ।

उपमहानगरपालिकाको वहुवर्षीय योजना अन्र्तगत लाङघाली चौकदेखि पूर्व हुँदै महादेव चौक सम्म ८ सय मीटरको ५० फिट फराकिलो पक्की सडक बन्ने भएको हो ।

धरान उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारमका अनुसार आर्थिक वर्ष २०७९।०८० को वजेटद्धारा नगरको गौरवको आयोजना अन्र्तगत ८ करोड वजेट मार्फत पक्की सडक निर्माण कार्य धमाधम भइरहेको छ ।

इवारमका अनुसार २०८१ साल माघ सम्म निर्माण सम्पन्न गर्ने गरि तीव्र गतिमा काम भईरहको छ ।

३० फुटे कच्ची बाटोलाई पक्की वनाउनको लागि यस अघि वडाले २०७५ सालदेखि नै स्तरउन्नती सहित पक्की सडक वनाउनको् लागि नगर गौरबको आयोजना अन्र्तगत काम थालनी गरेको थियो ।

आर्थिक वर्ष २०७५।७६ मा १ करोड वजेट मार्फत सडकलाई स्तरउन्नती गर्ने कार्यको थालनी गरेको थियो भने आर्थिक वर्ष ०७७।७८ मा पनि ६० लाखको वजेटबाट थप स्तरउन्नतीको कामलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७९।८० मा भने ८ करोडको वजेट मार्फत निर्माण कार्यलाई अन्तिम रुप दिनको लागि काम दु्रत गतिमा भइरहेको वडाध्यक्ष इवारमले बताएका छन् ।

उनले भने,“यो बाटो धरानको पानबारी सहित मोरंङ जिल्लाको केराबारीलाई समेतका वासिन्दालाई लाभ पुर्याउँदै आएको निकै पुरानो बाटो हो,

यस बाटाले धरान सम्म आएर अन्य जिल्लाका शहर सम्म जानको लागि सहज वनाउँदै आएको भएपनि सडक विस्तारको काम भने हुन सकिरहेको थिएन,स्थानीय तहमा पहिलो जनप्रतिनिधी हामीलाई जनताले जिताएर पठाए, वडाले पनि धुलोमुक्त सडक बनाउने उद्धेश्य अनुरुप यो बाटोलाई पनि सडक वनाउन पहिलो प्राथमिकतामा राखेर काम थालनी गरेका हौ।”

३० फुटको बाटोलाई ५० फिटको बाटो वनाउनको लागि तत्कालिन धरान उमहानगरपालिकाको कार्य बाहक मेयर मन्जु भण्डारीको पहलमा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गरी सडक विस्तारको काम थालनी भएको थियो ।

धरानको वडा नम्बर ५,वडा नम्बर ६ सहित मोरङको केराबारीलाई समेत जोड्ने निकै पुरानो. बाटो भएपनि अहिले मात्रै फराकिलो पक्की सडक वन्ने कार्य भएको हो र सडक वनेपछि मोरङको केराबारी सम्मको वासिन्दालाई आवात जावातमा सहज हुने निश्चित छ ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved