मेयर कोइरालाको पहलमा अलपत्र महिलाको उद्धार

  • माघ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा परिवारको जिम्मा लगाइएको छ ।
महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो ।

स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो ।

मेयर कोइरालाको निर्देशनमा नगर प्रहरीले गाडीमा राखेर विभिन्न स्थानमा पु¥याएर महिलाको घरका विषयमा सोधीखोजी गरेको थियो ।

एकजना व्यक्तिले उनलाई चिनेपछि घरको पहिचान भएको थियो । विराटनगर–३ दुर्गाचोकस्थित घरबाट घुम्न नस्किएकी पोद्धार बाटो बिर्सिएर कञ्चनबारी पुगेकी थिइन् ।
कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी पोद्धारले सुरुमा आफ्नो घर बुद्धचोक भएको र छोराको नाम भोला भएको बताएकी थिइन् ।

नगर प्रहरीले एक्कासि तारादेवीलाई लिएर घरमा पुग्दा परिवारका सदस्यहरुबीच कोहोलो मच्चाएर रोएका थिए ।

नगर प्रहरीका सई तीर्थजंग खत्री नेतृत्वको टोलीले छोरा भोला र नातिनी काजलको जिम्मा लगाएको थियो ।

हराएकी आमालाई सकुशल घरमा पु¥याएपछि नातिनी काजलले महानगरपालिकालाई धन्यवाद दिएकी थिइन् । “महानगरपालिका हाम्रा लागि त भगवान् नै प्रकट भएजस्तो भएको छ,” काजलले रुँदै भनिन्, “मेयर नागेश कोइराला र नगरपालिकालाई हाम्रो धेरैधेरै धन्यवाद छ ।”

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved