वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङलबार वडा नं ६ र वडा नं ९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ ।
दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए ।
तिन खेलमा एक खेलमा पराजित र दुई खेल वरावरी खेलेको वडा नं ६ ले प्रतियोगितामा २ अंङ्क जोडेको छ । त्यस्तै लगातार तिन खेलमा दुई खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ ।
खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ९ का क्याप्टेन संन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै मंगलबार भएको वडा नं २ र वडा १० बिचको दोस्रो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए ।
तिन खेलमा दुई खेलमा पराजित र एक खेल वरावरी खेलेको वडा नं २ ले प्रतियोगितामा १ अङ्क जोड्न सफल भएको छ । भन्ने तिन खेलमा एक खेलमा पराजित , एक खेलमा बिजयी र एक खेल वरावरी खेलेको वडा नं १० ले प्रतियोगितामा ४ अङ्क छ ।
खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं २ का दिपेश तामाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत बर्षदेखि लिग फम्र्याटमा सुरु भएको प्रतियोगितामा बुधबार पहिलो खेल वडा नं ४ र वडा नं ७ तथा दोस्रो खेल वडा नं ५ र वडा नं ११ का बिच हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारि प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।