बिकासका लागि सवैसंग सहकार्य हुन्छ – नगर प्रमुख कार्की

  • माघ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्रको समग्र बिकासका लागि प्रदेस सरकार, संघीय सरकार तथा सरोकारवाला अन्य निकायहरुसंग सहकार्य एव समन्वय गरेर नगरपालिकाले काम गरि राखेको नगर प्रमुख रमेस कार्कीले बताएका छन् ।

नगरपालिका ठुला योजनासंगै बिकासका पुर्वाधारकालागि संघिय तथा प्रदेशका माननीय सांसदज्यु मन्त्रालय एव् निकायहरुसम्म पुग्ने स्थानीय सरकारकालागि पुलको काम गरि राखेको नगर प्रमुख कार्कीको भनाइ छ ।

विश्ब वातावरण दिवसको अवसरमा पर्यटकीय क्षेत्र अमाह सिमसारमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख कार्कीले भने, ‘हामी स्थानीय सरकारका जनप्रतिनिधिहरु नगरपालिकाको बिकासका लागि लागि परेका छौ ।

संघीय तथा प्रदेश सरकारसंग योजना माग्ने काम भइराखेको छ । योजना पनि परिनै राखेका छन्, वराहक्षेत्रको बिकासका लागि ३ वटै सरकारबिच सहकार्य तथा समन्वय हुन आवश्यक छ र त्यो काम भइराखेको छ । वराहक्षेत्रको बिकासका लागि नगरपालिका सवैसंग सहकार्य गरी राखेको छ ।

यसका लागि सवैको सहयोग आवश्यक छ ।’

वराहक्षेत्र धामको प्रवद्र्धन, बिकास, चतराधामको बिकास, सुर्यकुण्डको प्रचारप्रसार, भौतिक पुर्वाधार, अमाह सिमसारको बिकास देखि नगरपालिका भित्रको सडक, पुर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्र लगायत बिकासका लागि नगरपालिकाले माथिल्ला सरकारहरुसंग बजेटका लागि पहल गरि राखेको उनले बताए ।

बिकास योजनालाई सवै राजनैतिक दल, जनप्रतिनिधि तथा स्थानीय सरोकारवाला निकायहरु साझा बिषय बनाउनु पर्ने र वराहक्षेत्रको बिकासका लागि सवैसंग सहकार्य गरेर काम गरिराखेको नगर प्रमुख कार्कीको भनाई छ ।

वराहक्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गराउने योजनाका लागि संघीय सरकारबाट वराहक्षेत्र मन्दिरसम्म पुग्नेबाटोको स्तरोन्नती, वराहक्षेत्र मन्दिर क्षेत्रको सौन्दर्यकरण, बसपार्क, औलिया मठ क्षेत्रको सम्बद्र्धन तथा प्रबद्र्धन, चतरा धामको बिकास, सुर्यकुण्डसम्म पुग्ने सडक,

केबलकार, जल बिहार र साहसिक पर्यटक बिकासका लागि संघीय सरकार, प्रदेस सरकार र निजि क्षेत्रले बजेट र योजना बनाएको नगर प्रमुख कार्कीले बताए ।

नगरपालिकाको सिमित स्रोत तथा सिमित साधनबाट धेरै काम गर्नु पर्ने भएकाले सुन्दर, समृद्धि नगरपालिका बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, कोशी प्रदेशसभा सदस्य ममता तामाङ्ग, बिजय राई,

सपना हिङ्ममाङ, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव विशाल घिमिरे, नगर उप–प्रमुख नन्दकुमारी सुनुवार, डिभिजन वन कार्यालय सुनसरी धर्मदेव यादव लगायतको उपस्थिति रहेको थियो ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved