वराहक्षेत्र मेयर लिग कप वडा ६ र ७ बराबरी, दोस्रो खेलमा वडा ५ विजयी

  • माघ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार वडा नं ६ र वडा नं ७ को बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ ।

दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल भए पछि दुबै टिमले १–१ अङ्क बाँडेका थिए । प्रतियोगितामा दुई खेलमा एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको वडा नं ६ ले १ अंङ्क जोडेको छ ।

त्यस्तै दुई खेलमा एउटा खेलमा जित र एउटा खेलमा वराबरी खेलेको वडा नं ७ ले प्रतियोगितामा ४ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ६ का गोल रक्षक आयुव बजगाई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै शनिबारनै भएको दोस्रो खेलमा वडा नं. ५ विजयी भएको छ ।

वडा नं २ लाई शुन्यका बिरुद्ध तिन गोलको अन्तरले पराजित गर्दै वडा नं ५ प्रतियोगितामा लगातार दुई जित दर्ता गराएको हो ।

लगातार दुई खेल जितेको वडा नं ५ ले प्रतियोगितामा ६ अङ्क जोड्न सफल बनेको छ ।

भन्ने लगातार दुई खेलमा पराजित बनेको वडा नं २ ले अङ्क जोड्न सकेको छैन । खेलमा १ गोल गरेका वडा नं ५ का अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत बर्षदेखि लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा आइतबार पहिलो खेल वडा नं ४ र वडा नं ९ तथा दोस्रो खेल वडा नं १० र वडा नं ११ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारि प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

 

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved