गठबन्धनका नेतालाई गाडी बाढ्दै सरकार " अध्यादेश फिर्ता नलिए फेल गराउने एमालेको चेतावनी"

  • माघ १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  कोशी प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता नलिए नेकपा एमालेले कठोर कदम चाल्ने जनाएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्ने सम्मको चेतावनी दिएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दलका तर्फबाट पत्रकार सम्मेलन गर्दै तत्काल अध्यादेश फिर्ता नलिए निष्कर्ष बिहिन तुल्याउन लागि आवश्यक तयारी गर्ने बताए ।

उनले अध्यादेश फिर्ता नगर यो अध्यादेश फेल गराउन एमाले बाध्य भएर लाग्ने चेतावनी दिए ।

उनले भने संसद्को सामान्य सिद्धान्त समेत उलङ्घन गरेर अध्यादेश ल्याइएको छ यसले प्रदेश संरचना माथि नै प्रश्न उठेको छ ।

अध्यादेश मार्फत सत्ता गठबन्धनका नेताहरूलाई गाडी सुबिधा दिने व्यबस्था मिलाइएको छ । यसले प्रदेश संरचना प्रति जनताको आक्रोश झन् बढेको छ ।

सङ्घीय संसदमा समेत नभएको व्यवस्था प्रदेश सरकारले गरेको छ ।

प्रमुख सचेतक भण्डारीले भने, ‘एक जना सांसद भएको पार्टीलाई समेत गाडी सुविधा दिने व्यवस्था मिलाइनु यो सरकारको आप्पत्ती जनक कार्य छ ।

यस्तो गाडी सुविधाको व्यबस्था सातै प्रदेशमा छैन ।

गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्रीलाई गाडी सुविधा दिने भनेको थियो । पछि ठुलो हङ्गामा भएर त्यो फिर्ता भएको छ । ’

उनले सङ्घमा पूर्व प्रधानमन्त्री सम्मलाई गाडी सुविधा दिने व्यवस्था छ । बाँकी सबै दलका नेताहरूलाई र सबै प्रमुख सचेतकहरूलाई गाडी सुविधा दिने व्यवस्था नभएको बताए ।

उनले नेपालको अध्यास सिद्धान्त र मान्यता भन्दा बाहिर गएर हाम्रो प्रदेशमा परिभाषा परिवर्तन गरेर गाडी सुविधा दिने काम घोर आप्पती जनक भएको बताए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved