विभिन्न कविले कवि पाख्रिनका कविता सुनाए

  • माघ १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शनिबार धरानमा पूर्वका विभिन्न स्थानबाट आएका कविहरू भेला भएका थिए । सन्दर्भ थियो – धराने कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सन्दर्भमा आयोजित काव्योत्सव ।

सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायतका स्थानबाट भेला भएका कवि–लेखकहरू भेला हुनेबित्तिकै पृष्ठभूमिमा बजिरहेको मधुरो सङ्गीतसँगै कवि हेमन यात्रीले कार्यक्रमबारे जानकारी गराए ।

त्यस क्रममा ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहभित्र रहेका दुई दर्जन कविता विभिन्न कविहरूले वाचन गरेका थिए ।

प्रायः जसो कार्यक्रममा कविहरूले आफ्नो कविता आफै वाचन गर्छन् तर त्यस दिन अन्य कविहरूले आफ्ना कविता वाचन गरिरहँदा कवि पाख्रिन भने एकाग्र भएर सुनिरहेका थिए । कवितासँगै बजिरहेको सङ्गीतको मधुरो धुनले पनि आनन्द प्रदान गरिरहेको थियो ।

कवि पाख्रिनका ‘आदिम मौनता’ र ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रह प्रकाशित छन् ।

केही समयअघि दार्जिलिङको ‘हाम्रो किताब घर’ बाट ‘दगुरिहिँड्ने चौबाटो’ को दोस्रो संस्करण प्रकाशनमा आएको हो ।

आफ्ना कविता अरूबाट सुनेपछि कवि पाख्रिनले आफ्ना अनुभूतिहरू सुनाए ।

‘माग्न त मैले दियो मागेको थिएँ, तर पूर्णिमाको जून नै पाएँ’, उनले भने, ‘कविता आफ्नाधेरै कुरा बोल्छ, त्यसैले सङ्ग्रहबारे मैले बोलिरहन पर्दैन ।’

कविता वाचनअघि प्रस्तुत गरिएको भिडियो कथामा वरिष्ठ कवि बम देवानले भनेका छन्, ‘मानिस आफैमा विभाजित छ, दुःखी छ, पीडित छ ।

मानिसलाई राजनीतिले विभाजित बनाएको बेला कवि सुदीपका कविताले मानिस एक हुनुपर्छ भन्ने सन्देश दिएको छ ।’

देवानले उनका कविता काव्यात्मक ढङ्गले लेखिएका सुन्दर, सामयिक र गम्भीर रहेको बताए ।

लेखक तथा पत्रकार राजेश विद्रोहीले कवि पाख्रिन हृदयका कविता लेख्ने कवि रहेको बताए ।

‘सुदीपजीका कविताले मस्तिष्कभन्दा हृदयलाई छुन्छ । फुलले प्रहार गर्नुहुन्छ । उहाँका निबन्धमा पनि काव्यात्मकता पाइन्छ ।’ उनले भने ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved