भारतमा प्राण प्रतिष्ठा: नेपालमा शोभायात्रा

  • माघ ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राममन्दिरमा सोमबार प्राणप्रतिष्ठा गरिएको छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार भगवान रामको मूर्तिलाई १ सय १४ वटा घडाको औषधिय जल र विभिन्न तीर्थस्थलको पानीले स्नान गरिएको थियो । सरयु नदीबाट शुरु भएको प्राणप्रतिष्ठाको विधि सोमबार नै ‘अभिजित मुहूर्त’ मा समापन भएको छ ।

यसैको खुशियालीमा नेपालमा समेत विभिन्न संघ संस्थाले सोभायात्राको आयोजना गरेका छन् ।

मारवाडी सेवा समाज धरान, मधेशी सेवा समिति, नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सघ, आर्ट अफ लिभिङ लगायत अन्य संघ संस्थाले धरान ७ मा रहेको राममन्दिरबाट शोभायात्रा शुरु गरेर धरानको लक्ष्मीचौक, पुरानो बजार हुदै राम मन्दिरमा पुगेर सम्पन्न गरिएको थियो ।

कलस र व्यानर सहित सवारी साधनमा बालबालिकालाई राम र सीताको प्रतिक मानेर घुमाइएको थियो । हिन्दु धर्मशास्त्रमा पुरुषोत्तम रामलाई भगवनको रुपमा मानिदै आएको छ ।

भारतको अयोध्यामा गरिएको प्राण प्रतिष्ठानको खुशियालीमा शोभायात्राको आयोजना गर्ने संघ संस्थाले सोमबार राति नै घर घरमा दिप प्रज्वलित गरी दिपावली गरेका छन् ।

भगवान रामप्रति आस्था राख्ने तथा हिन्दु सनातन धर्मालम्बी लगायत विभिन्न संघ संस्थाले शोभा यात्राको आयोजना गरिएको मारवाडी सेवा समितिका उपाध्यक्ष रामस्वरुप शर्माले बताए । उनले भने, ‘भारतमा भगवान रामको प्राण प्रतिष्ठान गरिएको खुशियालीमा हिन्दुवादी संघ संस्था, विभिन्न संघ संस्थालृे संयुक्त रुपमा ¥यालीको आयोजना गरेका हौ ।’

अयोध्यामा भएको प्राण प्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न सन्त महासन्तको समेत उपस्थिति रहेको थियो ।

बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो । लामो संघर्षपछि हिन्दुहरुले भगवान् रामको प्रतिमाको प्राणप्रतिष्ठा गरेका हुन् । अयोध्या हिन्दु र मुस्लिमका कारण लामो समयदेखि विवादमा पर्दै आएको थियो ।

सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको हो । सो ठाउँलाई ‘रामको जन्मस्थल’ भनेर अदालतले मान्यता समेत दिएको थिया  ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved