इटहरीमा आफ्नै ल्याब प्रयोगशाला " रिपोर्टका लागि बाहिर जानुपर्ने बाध्यताबाट निर्माण व्यवसायी मुक्त"

  • माघ ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीको प्रयोगशाला इटहरी उपमहानगरपालिकाले आफै संचालनमा ल्याए पछि स्थानीय निर्माण व्यवसायीहरुलाई सहजता बनाएको छ ।

इटहरी उपमहानगरपालिकाले गएको मङ्सिर महिनादेखि पूर्वाधार प्रयोगशालाबाट सेवा दिन थालेको हो ।

निर्माण कार्यमा प्रयोग भएका बालुवा, गिटी, सिमेन्ट लगायतका निर्माण सामाग्रीको गुणस्तर कस्तो छ भनी परीक्षण गर्न इटहरी उपमहानगरपालिकाको पूर्वाधार प्रयोगशालामा आउने गरेका छन् । निर्माण सामाग्रीको गुणस्तर रिपोर्ट लिन इटहरी बाहिर जानुपर्ने झन्झटबाट पनि मुक्त भएका छन् ।

पछिल्लो २ महिना देखि पूर्वाधार प्रयोगशालामा रिपोर्ट लिन आउनेको भिड नै लाग्न थालेको छ ।

उपभोक्ता समिति, निर्माण समिति, निजी क्षेत्रका निर्माणको क्षेत्रमा काम गर्नेहरू कन्स्ट्रक्सन प्रा.लिका मानिसहरू गुणस्तर परीक्षणका लागि इटहरी उपमहानगरको पूर्वाधार प्रयोगशालामा आउने गरेका छन् ।

उपमहानगरले सञ्चालन गर्ने हरेक योजना तथा आयोजनामा प्रयोग हुने निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्न उपमहानगरले भौतिक पूर्वाधार प्रयोगशाला स्थापना गरेको हो ।

इटहरी २ मा निर्माण भइरहेको माया घरको ठेक्का लिएको पााथीभरा कन्ट्रक्सन प्रालिका ठेकेदार सुबास न्यौपानेले यो भन्दा अघि यस्तो गुणस्तर रिपोर्ट लिन धरान र विराटनगर धाउने गरेको बताए । इटहरी उपमहानगरपालिकाले प्रयोगशाला सुरु गरेपछि सजिलो भएको उनको भनाई छ ।

उनले भने, ‘धरान विराटनगर जानुपर्ने काम स्थानीय स्तरमै इटहरीबाट नै काम हुन थाले पछि सहज भएको छ ।’

निर्माण कार्यमा प्रयोग भइरहेको सामाग्रीको गुणस्तरको रिपोर्ट लिन आएका शिव कुमार सरदारले भने, ‘सिमेन्ट कति हाल्यो, बालुवा कति हाल्यो, त्यो हेर्नुप¥यो ।

स्याम्पलको रिपोर्ट लिन आएको हो, उहाँहरूले भाँडो दिनुहुन्छ हामी स्याम्पल ल्याइदिन्छौँ, एउटा रिपोर्ट ७ दिनमा आउँछ,

अर्को २२ दिनमा आउँछ । आज ७ दिनको रिपोर्ट लिन आएको हुँ ।’

निर्माणको क्षेत्रमा प्रयोग हुने बालुवा, गिटी, सिमेन्ट, डन्डी लगायत अन्य विभिन्न प्रकारका सामाग्रीहरूको परीक्षण गर्न सक्ने गरी आधुनिक औजार उपकरण सहितको भौतिक पूर्वाधार प्रयोगशाला सञ्चालनमा आएको शाखाका प्रमुख तथा इन्जिनियर आशिषराज शर्मा खत्वेले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved