बीपीआन्दोलन: धरानमै बैठक बस्न प्रधानमन्त्रीको निर्देशन

  • माघ ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी पदाधिकारी बैठक धरानमै बस्न दबाबमुलक आन्दोलन चर्किदै गए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समितीको बैठक तत्काल धरानमै बस्न प्रतिष्ठानका निमित्त उपकुलपतिलाई निर्देशन दिएका छन् ।

निमित्त उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले गत शनिबार काठमाण्डौंको सम्पर्क कार्यालयमै कास बैठक बोलाएका थिए ।

तर प्रतिष्ठानका आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुको संगठनले धरानमै कास बैठक बस्न दबाब दिदै रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दी गरेर काठमाण्डौं जान दिएका छैनन् । उनीहरुले वीपीको समस्या समाधान गर्न धरानमै कास बैठक बसेर निकास दिन माग गर्दै आन्दोलन गरिरहेका छन् ।

यता धरानका ५ राजिनितिक दलहरुले पनि धरानमै कास बैठक बस्न ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायत विभिन्न दलका नेताहरुको ध्यानाकर्षण गराएका थिए । राजनितिक दलका प्रतिनिधिहरु अझै पनि काठमाण्डौंमै रहेका छन् ।

चौतर्फी दबाब बढ्दै गए पछि प्रतिष्ठानका निमित्त उपकूलपति कार्कीलाई आइतबार सिंहदबार बोलाएर प्रधानमन्त्रीले कार्यकारिणी समितिको बैठक राख्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस् धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाएर अन्तर्वार्ताको मिति तोक्नुहोस् ।’

नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

स्वास्थ्यमन्त्री र मुख्य सचिवले पनि निर्देशन दिएकोमा पदाधिकारीबीचको विवादका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान धरानको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन । यसअघि पनि प्रधानमन्त्रीले बीपीको समस्या समाधानको निर्देशन दिएका थिए ।

निर्देशन दिए पनि कायम मुकायम उपकुलपति प्रह्लाद कार्की धरान नआउने र अन्य पदाधिकारी काठमाडौं जान नमानेपछि बैठक बस्न सकेको छैन ।

शुक्रबार नै कार्यकारिणी समितिको बैठक बस्ने सहमति भएको थियो । तर, विवाद बढ्दो छ ।

कायममुकायम उपकुलपति प्रा. डा.प्रह्लाद कार्कीले शुक्रवार र शनिबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा बोलाएको कार्यकारिणी समिति (का.स) बैठक बोलाएका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved