कोईला नपाउदा औजार ब्यवसाय संकटमा

  • माघ ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt - रबिन्द्र बराल

रंगेली/ मोरङको रंगेली नगरपालिका ३ स्थित आमतोला चोक तथा आसपासमा बर्षौ देखि हसियाँ, कोदालो, कुटो लगायतका औजारहरु बनाउने व्यवसाय गर्दे आईरहेका कर्मकार समुदायहरु अहिले आफ्नो व्यवसाय संकटमा पर्न थाले पछि उनीहरु चिन्तित हुन थालेका छन् ।

बिगत ५ बर्ष अगाडि गाउँ घरमा प्रसस्त रुपमा कोईला खरिद गरेर आफ्नो व्यवसाय सन्चालन गर्दे आईरहेता पनि बिगत एक बर्ष देखि कोईलाको अभावका कारण आफ्नो पेसा संकटमा पर्न थालेको ३५ बर्ष देखि व्यवसाय सन्चालन गर्दे आईरहेका रंगेली ३ का सतु कर्मकारले बताए ।

१० बर्ष अगाडि गाउँ घरमा प्रस्त रुपमा दाउराको प्रयोग गरेर खाना पकाउने र उक्त दाउराबाट कोईला आफुहरुले खरिद गरेर हसियाँ, कोदालो, कुटो जस्ता सामग्री बनाएर बिक्रीवितरण समेत गर्दे आईरहेको भएता पनि अहिले कोईला नपाउदा आफू हरु चिन्तित बन्दै गएको उनीहरु बताउँछन् ।

वर्षौ देखि सोहि पेशाबाट आफ्नो परिवारहरु को पालनपोषण गर्दे आईरहेता पनि अब कसरी परिवार पाल्ने भन्ने चिन्ता बढ्न थालेको छ ।

अहिले गाउँ घरमा समेत सामान्य जिवनयापन गर्ने समुदायहरुले समेत ग्यास चुलो र गोवर ग्यासको प्रयोग गर्न पछि कोईलको अभाव हुन थालेको कारण व्यवसायनै धरासाईमा परेको र पेशानै बन्द हुने अवस्थामा पुगेको रंगेली ६ घर भएकी लालमणी सुतिहारले बताईन ।

बिगतका दिनहरुमा ईट्टा उद्योगहरुमा ईट्टा बनाएर निकालिएको कोईलाले फलामको सामग्रीहरु बनाएर बिक्रीवितरण गरेता पनि अहिले ईट्टा उद्योगमा समेत हावाको माध्यम बाट ईट्टा पकाउन थाले पछि कोईलाको अभाव हुन थालेको छ ।

पेसा थप संकटमा परेको अर्काे व्यवसाय गर्दे आईरहेका सुरेन्द्र कर्मकारले बताए ।

अहिले काचो खरिद गर्दा समेत प्रतिकेजी ४५ रुपैयाँ देखि ६० रुपैयाँ सम्म पर्ने गरेको र उक्त कोईलाबाट आफूहरुले काम गर्दे बडि धुवाँ निस्कने र उक्त धुवाँबाट विभिन्न प्रकारको रोग समेत उत्पन्न हुने डरले गर्दा काचो काईला प्रभावकारी नभएको समेत उनीहरुले बताए ।

कोईलाको खरिद गर्न नपाउदा आफूहरुले काठ ४ सय रुपैयाँको खरिद गरेर २ सय रुपैयाँ बराबरको कोईला निकालेर आफ्नो व्यवसाय सन्चालन गर्न वाध्य रहेको सुरेन्द्रले बताए ।

सोही पेसा बाट परिवारको जिवनयापन गरिरहेको भएता पनि अब कोईला नहुँदा व्यवसाय नै संकटमा पर्ने र परिवार समेत पालनपोषण गर्ने समस्या समेत हुने उनीहरुले बताए ।

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/  असार । कोशी प्रदेशस्तरीय एस. ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved