बीपी प्रतिष्ठानको विवाद: स्वास्थ्यमन्त्री स्तरिय छलफल निष्कर्षविहीन

  • माघ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

धरान/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार भएको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा लगायत चारै जना पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन ।

पदाधिकारीहरुले स्वास्थ्य मन्त्री बस्नेतलाई प्रतिष्ठानको समस्याबारे सुनाएका थिए ।

त्यसपछि मन्त्री बस्नेतले पनि समस्या समाधानका सुझाब दिएपनि समस्या समाधानका लागि ठोस निष्कर्ष ननिस्केको मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिए ।

बैठकबाट कुनै निष्कर्ष ननिस्किएपछि मन्त्री बस्नेतले अन्तिममा मुख्य सचिव बैकुण्ठ अर्याललाई भेटेर आफ्नो कुरा राख्न सुझाव दिएका थिए ।

प्रतिष्ठानमा कर्मचारीको बढुवाको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ । प्रतिष्ठानका कर्मचारी, विद्यार्थी देखि विभागिय प्रोफेसर तथा शिक्षकहरु आन्दोलनमा छ । जसका कारण प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवा समेत प्रभावित भइरहेको छ ।

प्रतिष्ठानबाट स्वास्थ्य सेवा समेत प्रभावित भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्कंराज राई (हर्क साम्पाङ) ले स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र समेत लेखेका थिए ।

कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई उपस्थित गराइदिन भन्दै मेयर हर्क साम्पाङले स्वास्थ्य बस्नेतलाई पत्र लेखेका थिए ।

प्रतिष्ठानका चिकित्सक कर्मचारी वृत्तिविकासको मागसहित आन्दोलनमा उत्रिएपछि ४ दिनदेखि बहिरंग सेवा ठप्प छ । आन्दोलनका कारण बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनहुँ सयौं बिरामी मारमा परेका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved