करनीतिमा परिमार्जन गर्न महासंघको माग

  • पुस २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले करको दायरा र दर घटाउन आन्तरिक राजश्व विभागलाई सुझाव दिएको छ ।

महासंघ प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउत नेतृत्वको टोलीले विराटनगरमा विभागका महानिर्देशक दिर्घराज मैनालीलाई भेटेर यस्तो सुझाब दिएको हो । अध्यक्ष राउतले देश चरम आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा उद्योगी व्यवसायीलाई राहत महसुस हुने गरी करको नीति परिमार्जन गर्न सुझाव दिएको बताए ।

महानिर्देशक मैनालीले अर्थ मन्त्रालय र नेपाल सरकारसँग सहकार्य गरेर उद्योगी व्यवसायीलाई राहत प्रदान गर्ने गरी करको नीति परिमार्जन हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।

महासंघले भूकम्प तथा कोभिडका कारण आयातमा लगाइएको प्रतिबन्ध लगायतका कारण आर्थिक कारोबार खुम्चिएको तथा अनौपचारिक कारोबार बढिरहेकोले सरकारको राजश्व वृद्धि हुन नसकेको औल्याएको छ ।

आन्तरिक राजश्व कार्यालयलाई करको लक्ष्य दिएर राजश्व असुली गर्न लगाउँदा करदातालाई अनावश्यक भार पर्ने भएकोले करको दायरा परिमार्जन गर्नुपर्ने महासंघको सुझाब छ ।

महानिर्देशक मैनालीको उपस्थितिमा कर अन्तरक्रिया आयोजना गरेको महासंघले पछिल्लो समयमा औद्योगिक उत्पादन ६० प्रतिशतमा झरेको छ र आयातमुखी कारोवार झन् बढेको जनाएको छ ।

महासंघले मू.अ.कर लागू भईसकेको सन्दर्भमा हरेक वर्ष राजश्व संकलन गर्ने नाममा स्वदेशका धेरै उत्पादनहरुमा अन्तःशुल्क लगाइ दिंदा आयातित वस्तुमा प्रतिस्पर्धा हुन नसकेको भन्दै मदिरा र चुरोटबाहेक अन्य वस्तुमा लगाइएको अन्तःशुल्क खारेज गर्नुपर्ने जनाएको छ ।

छलफलमा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा.डि.बि. क्षेत्री तथा महासंघका पदाधिकारी एवं सदस्यहरुको सहभागिता थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved