युनाइटेट युथद्वारा आश्रममा खाद्यसामग्री वितरण

  • पुस २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर ४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेट युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ ।

आइतबार विराटनगर ३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको हो । संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको हो ।

देउसी–भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिए । सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रममा संस्थाले सकेको सहयोग गर्ने बताए ।

संस्थापक अध्यक्ष दाहाल, अध्यक्ष अच्युत खतिवडा, सचिव विनोद घिमिरे, सनम अधिकारी, सन्तोष अधिकारी, नवरत्न संग्रौला, चुडामणी घिमिरे (गोपाल), विषम दाहाल लगायतको उपस्थितिमा खाद्य सामग्री वितरण गरिएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved