सिद्धि नेवा:परिषदले बार्षिकोत्सव मनायो

  • मंसिर २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  समाजका विभिन्न क्षेत्रमा योगदान दिने नेवारी समुदायका व्यक्तित्वहरुलाई सिद्धि नेवा: परिषद् धरानले सम्मान गरेको छ ।

परिषद्ले आफ्नो १७ औ बार्षिकोत्सव तथा दानबीर सिद्धिमान पलिखे र महालक्ष्मी पलिखेको १६० औं जन्म जयन्तिको अवसर पारेर सम्मान गरिएको हो ।

धरान ७ मा रहेको सिद्धि नेवा:परिषदकै भवनमा आयोजित कार्यक्रममा समाजमा सामाजिक कार्यमा योगदान पुर्‍याउने, पत्रकारिता क्षेत्रबाट समाजलाई योगदान दिनेलाई सम्मान र नेवारी समुदायबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

सम्मानित हुनेहरुमा सामाजिक कार्यमा योगदान पुर्‍याउने श्रीमति राधादेवी श्रेष्ठ र गशेण आचार्य रहनु भएको छ । यसैगरी पत्रकारिताको क्षेत्रबाट समाजमा योगदान दिने पत्रकार महेश श्रेष्ठ र जमुना श्रेष्ठ पत्रकाररिता प्रोत्साहन पुरस्कारलाई सम्मान गरिएको छ ।sidhi-newa-pic-3

यसैगरी गत बर्षको एसईइमा उत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका ६ जना, १०+२ उत्तीर्ण गरेका ७ जना र इन्जिनियरिङ विषयमा उत्कृष्ट ल्याउने ५ जना विद्यार्थीहरुलाई जनही १० हजारको दरले पुरस्कृति गरिएको थियो ।

सो अवसरमा सिद्धि नेवा परिषद्का पूर्व अध्यक्ष एवम् शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठले नेवारी समुदायलाई एकतावद्ध बनाउने उद्देश्यले सिद्धि नेवा:परिषदको भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने समाजसेवी स्व. सिद्धिमान पलिखेको सामाजिक कार्यको प्रशंसा गरे ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष एवम् हाडजोर्नी विभागका चिकित्सक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले कार्यक्रममा बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा धरानको विकास नहुनुमा यहाँका राजनीतिक दलहरुको पहुच केन्द्र नपुग्नु रहेको बताए ।

सिद्धि नेवा परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले स्व. सिद्धिमान पखिले नेवारी समुदायलाई एकताबद्ध बनाउन चाल्नु भएको प्रयास र उहाँले दिनुभएको जग्गामा बनेको सिद्धि नेवा परिषद्को भवनले सधै अमर रहने बताए ।

यो परिषद्ले गठन भएसँगै नेवारी समुदायभित्र रहेका साँस्कृतिक पर्व, समाजमा योगदान पुर्‍याउनेलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ ।

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved