वीपीमा नेपालकै पहिलो थ्रिडि एनलाइसिस ल्याब स्थापना

  • मंसिर २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जेनेभा यूनिभर्सिटी हस्पिटलस, स्वीट्जल्र्याण्डको सहयोगमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग अन्तर्गत नेपालकै पहिलो थ्रिडि चाल विश्लेषण ल्याब स्थापना गरिएको छ ।

जेनेभाबाट आएका तीन जना विशेषज्ञको टोलीले प्रतिष्ठानमा ल्याब स्थापना एवम् जनशक्तिलाई ल्याब सम्बन्धी तालिम प्रदान गरेका थिए । टोलीमा डा.जेराल्डो डिकुलन (बाल हाडजोर्नी विशेषज्ञ), प्रा.स्टिफेन आरमान्ड तथा एलिस बोनेफोइ रहेका थिए ।

कतिपय मानिसहरुको सेरेब्राल पाल्साइका कारण, विभिन्न शल्यक्रिया वा अन्य हाडजोर्नी सम्बन्धी कतिपय रोगका कारण हिडाईको चाल नमिल्ने, हिड्नमा कठिनाई हुने हुन्छ । त्यस्ता मानिसहरुको हिडाई वा चाल ठिक गर्न यस ल्याबले मद्दत पु¥याउने बताइएको छ ।

ल्याब भित्र उच्च प्रविधिका आठ वटा क्यामेरा विभिन्न कोणमा जडान गरिएको छ । विरामीहरुको उपचारमा विरामीलाई हिड्न लगाई सबै कोणबाट विरामीको चालको भिडियो र ग्राफिक्सहरु लिई उच्च प्रविधिको कम्प्यूटरद्वारा सो भिडियो तथा ग्राफिक्सहरुको विश्लेषण गरी समस्याको पहिचान गरिन्छ ।

यसबाट विशेषज्ञहरुलाई बिरामी उपचारमा मद्दत पुग्दछ ।
तालिममा हाडजोर्नी विभागका एसिस्टेन्ट प्रोफेसरद्वय डा.आशिष पाण्डे र डा.अमित लिम्बू तथा डा. अमन श्रेष्ठ (अर्थोटिष्ट्÷प्रोस्थेटिष्ट्) र डा. मुजाहिद हुसैन(फिजियोथेरापिष्ट)ं सहभागी रहेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved