अदुवा खेतिबाट कृषक लाभान्वित

  • मंसिर २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको धरान स्थित कृषि उपज बजार स्थलले जनाएको छ ।

मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् ।

धनकुटाको साँगुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे ।

उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिकेजी १५ रुपैयासम्म विक्री गरेको अदुवा अहिले प्रतिकेजी ८० देखि ८५ रुपैयासम्म विक्री गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।

करिब ८ वर्ष अघि सम्म १ सय ५० देखि २ सय सम्म विक्री हुने गरेको अदुवा त्यस यता ६० रुपैया हुँदै ३० रुपैया सम्म झरेको थियो ।

अहिले मूल्य घट्दा पनि ८५ रुपैयासम्म विक्री गर्न पाएको कृषक बताउँछन् । यस पटक एकै कृषकले एक बर्षमा १० क्विन्टल अदुवा उत्पादन गरेको सुनाउँदै अदुवाबाट मात्र अढाइ देखि ३ लाख रुपैया आम्दानी गरेको सुनाए ।
व्यापारी विनोद कुलुङ राईले अदुवाको मूल्य बढ्दा कृषक र व्यापारी दुवैलाई फाइदा पुग्ने बताए ।

अदुवाको मूल्य बढ्ने र घट्ने भारतीय बजारमा भर पर्ने बताउदै मूल्य नहुँदा तीन चार बर्ष कारोबार नहुँदा कृषकहरुले बारीमै अदुवा कुहाएर फाल्नुपर्ने अवस्था आएको बताए ।

उनले भारतले अदुवाका माग गरेको खण्डमा नेपालमा उत्पादन भएको अदुवाको भाउ उच्च हुने बताउदै यस बर्ष अदुवाको मूल्यले रेकर्ड कायम गरेकोे बताए । यस बर्ष भारतले नेपालको अदुवा अत्याधिक माग गरेको तर कृषकहरुले उत्पादन कम गरेका कारण मूल्य अत्याधिक बढेको बताए ।

आर्थिक वर्ष ०६९/७० अर्थात दर्श बर्ष अगाडिको मूल्यलाई हेर्ने हो भने पनि त्यसबेला प्रति केजी १ सय ७० रुपैयाभन्दा बढी जान सकेन । त्यसबेला कृषि बजारले ५ हजार ६ सय मेट्रिक टनको कारोबार गर्दा १ लाख ५० हजार मूल्य बराबरको कारोबार भएको थियो ।

यस्तै ०७०/०७१ मा प्रतिकेजी १ सय ५०, ०७१/०७२ मा १ सय २० मूल्य भएको अदुवाको भाउ आर्थिक बर्ष ०७२/०७३ मा ह्वात्तै घटेर ६० रुपैयामा कारोबार भएको थियो । त्यसपछिका बर्षहरुमा अदुवाको मूल्य ओरालो लागेको कृषि बजार उपजले जनाएको छ ।

बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार आर्थिक बर्ष ०७३/०७४ मा ३० रुपैयामा कारोबार भएको अदुवा ०७४/०७५ मा भने मूल्य बढेर प्रति केजी १ सय रुपैया पुग्दा कृषकहरुलाई ठूलो राहत मिलेको थियो । तर यो बर्ष उच्च मूल्य कायम हुदा कृषक तथा व्यापारीहरु लाभान्वित भएको व्यवस्थापक भट्टराई बताउछन् ।

तर अहिले पुनः मूल्य घटेर ८० देखि ८५ रुपैया पुगे पनि कृषकहरु मारमा नपरेको उनको भनाई छ ।

कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री त्यसमा पनि अदुवाको मूल्य सन्तुलित नहुनुमा अदुवाको बजार नेपालमा नभई भारतीय बजार भएकोले व्यवस्थापक भट्टराई बताउछन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved