ठेकेदारको लापरबाहीले दमक–चिसापानी सडक अलपत्र, नागरिकलाई सास्ती

  • असोज २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt - भगीरथ भण्डारी

इलाम/  इलामको माङसेबुङ गाउँपालिका स्थित दमक चिसापानी सडकको कालोपत्रे गर्ने कामको म्याद सकिनै लाग पनि सडक निर्माण अलपत्र छ ।

काम सम्पन्न गर्ने म्याद नजिकिँदै छ सडक निर्माणको काम भने अलपत्र छ । निर्माण कम्पनीले काम गर्दा गर्दै छोडेपछि भेल बाढीको निकास नहुँदा कतिपय ठाउँमा सडक चुँडिएको छ । बाटो कटिङ र ब्रेकर लगाई सडक अलपत्र बनाएर निर्माण कम्पनी लुम्बिनी गणपति जे भी सम्पर्क विहीन बनेपछि स्थानीयहरू समस्यामा परेका छन् ।

सडक अलपत्र छोडी निर्माण कम्पनी अलपत्र हुँदा दमक देखी माङसेबुङको चिसापानी जोड्ने सडक त अलपत्र बन्यो नै सडकको समस्या हुँदा त्यहाँका जनताले सास्ती भोगिरहेको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसान राई बताउँछन् ।

सडक आसपासमा निर्माणका लागि ल्याइएका रोलर, ग्रेडर, स्काभेटर, जेसीभी, टिप्पर लगायत थुप्रै उपकरणहरू देखिन्छन् ।

तर ती उपकणहरूमा खिया लाग्न थालिसकेका छन् भने निर्माण हुँदै गरेको काम किन रोकियो भन्नेमा स्थानीय बेखबर छन् ।

लुम्बिनी गणपति जे भी नयाँबानेश्वर, काठमाडौँले ५९ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैयाँ (भ्याट र पिएसहित) मा सडक कालोपत्रे स्तरको स्तरोन्नति गर्ने कार्यका लागि २०७६ फागुन २ गते सम्झौता गरेको थियो । २०७९ फागुन २ मा सम्पन्न गर्ने गरी सम्झौता भए पनि समयमा काम नभएपछि एक वर्षका लागि म्याद थपियो त । थप गरिएको म्याद पनि फागुनमा सकिँदै छ तर सडक भने निर्माण भएर हैन भत्किएर सकिने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

हिउँदका समयमा अत्यधिक धूलोको र बर्खाको समयमा हिलो र पहिरोको समस्याले आवतजावत गर्न निकै समस्या हुने उक्त सडकको निर्माण अलपत्र पर्दा वर्षैपिच्छे अब चाहिँ बाटो बन्ला कि भन्दै आस गर्दै बसियो तर बाटो बन्ला जस्तो नदेखिएको स्थानीय रोशन राई बताउँछन् ।

निर्वाचनको बेला सडक बनाउने, बनाउन लगाउने थुप्रै आश्वासन पाइयो तर सडक सम्पन्न भएर हिँड्न नपाइने रहेछ भन्दै दिन दिनै सडकको अवस्था झन् विकराल बन्दै गएको उनको भनाई छ ।

उक्त सडक निर्माणमा निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीय आक्रोशित बन्दै आन्दोलनमा समेत उत्रिएका थिए । सडक आयोजना र निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले जिम्मेवार नहुँदा नागरिकले सास्ती भोगिरहेको भन्दै स्थानीयले समिति गठन गरेरै आन्दोलनमा उत्रिए पनि निर्माण कम्पनीको लापरबाहीका कारण काम नहुँदा नागरिकले दुख भोगिरहेका छन् ।

आन्दोलनमा उत्रिएपछि स्थानीयले गाउँपालिकाका प्रतिनिधि, सडक डिभिजन कार्यालयको प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय सरोकारवालाहरूको संयुक्त भेला राखेर निर्माण कम्पनीलाई चाँडो काम गर्न ताकेता नगरेका होईनन ।

भेलाले निर्माण कम्पनीका प्रतिनिधिहरूलाई तत्काल काम सुरु गर्ने गरी लिखित प्रतिबद्धता गराए तर कागजमा प्रतिबद्धता गरे पनि सडक निर्माणको काम नगरेपछि अहिले यातायात सञ्चालनमा समस्या भएको छ ।

सडक अवस्था यस्तो भएपछि निर्माणको काममा चासो नदिएको र सडक अलपत्र पारेको भन्दै स्थानीयले गुनासो गर्दै आए पनि जिम्मेवार निकायले कम्पनीलाई समयमा काम लगाउन नसक्दा सडकको अवस्था झन् बिग्रँदै गएको हो ।

यता माङसेबुङ गाउँपालिकाले गत असोज छ गते जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र काटेर सहजिकरणका लागि आग्रह समेत गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष हेमन्त राईले हस्ताक्षर गरेको पत्रमा सङ्घीय सरकारबाट दमक चिसापानी रबी सडक निर्माणको काम रोकिएको भन्दै सडकको मर्मत संहार समेत नहुँदा यातायात अवरुद्ध भएको ले यात्रा कष्टकर भएको हुँदा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

सडक मर्मतका लागि पटक पटक सडक डिभिजन कार्यालय दमकलाई अनुरोध गर्दा समेत कुनै काम नभएको भन्दै आउँदै गरेको चाड वाड अघि नै सडक मर्मत र समयमै सम्पन्न गर्नका लागी सहजीकरण गरिदिनु भन्दै आग्रह गरेका थिए । उता डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेललाई फोन सम्पर्क गर्दा फोन उठेन ।

 

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved