सुजुकी धरानको चाडपर्व अफर

  • असोज ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुजुकी मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहक वर्गलाई लक्षित गरेर दशैं तिहार तथा छठको अवसरमा चाडपर्व अफर ल्याएको छ ।

नेपालको लागि आधिकारीक आयात कर्ता तथा बिक्रेता भि.जि. अटो मोबाईल्स प्रा.लि.ले ग्राहकहरुका लागि दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौ खुशी चढौं सुजुकी’ स्किम बजारमा ल्याएको हो ।

धरानको लागि सुजुकीको आधिकारिक विक्रेता नव दुर्गा अटो प्यालेस धरान ८ ले ग्राहक वर्गको लागि स्किम सहित मोटरसाइकल तथा स्कुटर विक्रि वितरण गर्ने प्यालेसका संचालक दुर्गा भुजेलले वताए  ।

यो स्किम दशै, तिहार र छठ पर्व सम्म रहने भएको छ । यो सुविधा देशैभर नै सुजुकीले दिने भएको हो ।

सञ्चालक भुजेलका अनुसार सुजुकीले ल्याएको ‘बाँडौ खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा दशहजार रुपैया पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ

सुजुकी एक्स्चेन्ज गर्दा १५ हजार र अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा ग्राहकर्गले वजार मुल्य भन्दा १५ हजार रुपैया थप मुल्यांकन प्राप्त गर्न सकिनेछ ।

जिरो प्रतिशत फाइनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ ।

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने भएको छ ।

स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कम्पनीले जनाएको छ  ।

इन्जिनका साथै सेप टेक्नोलोजि, पावर, स्टाइल, कम्फोर्ट, ५ बर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहाकबर्गहरुको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved